राईनो संरक्षण गोल्डकप अन्र्तगत आजको खेलमा बुद्ध युथ क्लब लम्जङ बिजयी

साझासवाल
1 Min Read

दयाराम
आचार्य/ कात्तिक १८, कावासोती । 
गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु
मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप
फुटवल प्रतियोगितामा अन्र्तगत आजको खेलमा बुद्ध युथ क्लब लम्जुङ बिजयी भएको छ ।

बुद्ध युथ क्लब लम्जुङ र आयोजक सुर्योदय युथ एकेडेमी बिच भएको खेलमा बुद्ध युथ क्लब
लम्जुङ १÷० गोल अन्तरले बिजयी भएको हो ।
nawalparasi kolhuwa sports newsखेलको
पाचौ मिनेटमा लम्जुङका खेलाडी मनोज घलेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस पछि कुनै टिमबाट
थप गोल नभए पछि घलेको गोलनै निर्णायक बन्यो र लम्जुङ १÷० गोल अन्तरले बिजयी बन्यो ।

प्रतियोगिता अन्र्तगत भोलि बिरगन्ज युथ एकेडेमी र ईन्देणी एकिकृत बिकाश
केन्द्र कास्कि बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही , कास्कि , काडमाण्डौ , पाल्पा, मकवानपुर सहितका
जिल्लाहरुबाट १२ वटा टिमको सहभागिता रहेको छ ।

Leave a Comment

Leave a Reply