३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दाउन्नेमा घर बनाउने क्रममा चार जना पक्राउ

२० कार्तिक २०७२, शुक्रबार ०३:३३

कात्तिक २०,
नवलपरासी ।
 सशस्त्र वन रक्षक नवलपरासीको गस्ती टोलीले दुम्किबास –५ दाउन्नेबाट वन क्षेत्र
अतिक्रमण गरी वन भित्र घर निर्माण गर्दा गर्दै ४ जनालाई शुक्रवार पक्राउ गरेको छ । पक्राउ पर्ने चारै
जना दुम्किवास गाविसका स्थानीय वासिन्दा रहेका छन् । चारै जनालाई दाउन्ने बजारको पुर्वतर्फको सडक छेउमा
वन अतिक्रमण गर्दै पक्की घर बनाउने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दुम्किवास –८ सिसहानीका ४० बर्षीय ज्ञानबहादुर र्मस्याङगी मगर सोही ठाउ बस्ने
बर्ष २० का जगत बहादुर ढेंगा मगर दुम्किवास ७ बगुवनका ४३ बर्षीय बेलबहादुर ढेगा मगर, सोही ठाउका १८
बर्षीय रुमबहादुर थापा मगर रहेका छन् ।

इलाका वन कार्यालय
सर्दीका सहायक वन अधिकृत रविन्द्र कुमार जि.सीका अनुसार वन अतिक्रमणमा संम्लग्न चार जनालाई पक्राउ गरी
बन चौकी बडेरामा चलान गरिएको छ भने अतिक्रमण गराउने मुख्य घर साहु भने फरार रहेका छन् ।


अतिक्रमणमा संम्लग्न भएका सबै जनालाई पक्राउ पुर्जी जारी गरिने जि.सीले
बताउनुभएकोछ । उनीहरुलाई वन ऐन २०४९ र नियमावली २०५१ बमोजिम कारवाही अगाडि बढाइने अधिकृत जि.सीले
जानकारी दिनुभएकोछ ।

पक्राउ परेकाहरुले भने आफुहरु दैनिक
ज्यालामा घर निर्माण काममा आएको दावी गरेका छन् । त्यस्तै जिल्ला वन कार्यालय नवलपरासीले वन क्षेत्र
अतिक्रमण गर्ने आवश्यक कारवाही गर्न पछि नपर्ने बताएको छ ।

त्यस्तै वन क्षेत्रमा हुने चोरी निकासी नियन्त्रण गर्नका लागि जिल्ला वन कार्यालय नवलपरासीले
स्थानीयस्तरमा समन्वय गर्ने भएकोछ । नवलपरासीका सेक्टर वन कार्यालयहरु मार्फत जिल्ला वन कार्यालयले
सुरक्षा निकाय तथा संचारमाध्यम संग समन्वय गर्ने भएको हो । सो कार्य अन्तरगत सेक्टर वन कार्यालय बर्दघाट
र कावासोतीले शनिवार सुरक्षा निकाय र मिडिया संग अन्तरक्रिया समेत गरेको छ ।

वनक्षेत्रबाट हुने काठ , ढुंगा गिटी, तथा वनपैदावर र बन्यजन्तु चोरी निकासी नियन्त्रण
गर्न जनपद प्रहरी संग संयुक्त टोली समेत परिचालन गरिने सेक्टर वन कार्यालय बर्दघाटका सहायक वन अधिकृत
महेन्द्र जैसवालले बताउनु भएको छ ।

बर्दघाटमा भएको
अन्तरक्रियाका परासीक्षेत्रका ५ वटा इलाका वन कार्यालय इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक
कुमार मैनाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन्तुलित, समावेशी र पारदर्शी रूपमा बजेट बनाइनुपर्नेमा जोड ‘विकाससँग सांसद जोडिनुपर्छ’ दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाए: प्रधानमन्त्री ओली कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड नेपाली कांग्रेसकी सांसद राईविरुद्धको पुरक अभियोजनमा ३७ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ : नयाँ अनुसन्धान सरकारले कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित अमेरिकी निर्वासनले ‘गम्भीर चिन्ता’ निम्त्याउँछ : संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुख डब्लुएचओद्वारा नाकाकन्दीका कारण गाजामा अनिकाल र जोखिमको चेतावनी पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री काठ आयात प्रतिस्थापनमा जोड कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किए: प्रधानमन्त्री ओली राप्रपा शाहीले कांग्रेसका २ महामन्त्रीलाई भने – नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन किन ? दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा