कमल रावल | पुस २९, मंगलसेन | अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ लाई सफल पार्नका लागि विभिन्न उपसमिती गठन गरिएको छ । बिहिवार बसेको मुल आयोजक समितीको वैठकले विभिन्न २४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | पुस २९, मंगलसेन | अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ लाई सफल पार्नका लागि विभिन्न उपसमिती गठन गरिएको छ । बिहिवार बसेको मुल आयोजक समितीको वैठकले विभिन्न २४"/>
2026-10-14 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम शैक्षिक तथा धार्मिक महोत्सव सफल पार्न विभिन्न उपसमिती गठन

कमल रावल | पुस २९, मंगलसेन | अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ लाई सफल पार्नका लागि विभिन्न उपसमिती गठन गरिएको छ । बिहिवार बसेको मुल आयोजक समितीको वैठकले विभिन्न २४ वटा उपसमिति गठन गरेको हो । 

जसमा प्रचार प्रसार, अथिती सत्कार, मंच व्यवस्थापन, पुर्व विद्यार्थी समन्वय, भोजन, स्वयमसेवक परिचालन गरि २४ ओटा उपसमिति गठन गरिएका छन । सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उद्देश्यले यही माघ २१ गते देखि २८ गते सम्म अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ संञ्चालन गरिने भएको छ । अछाम वहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एवं मुल आयोजक समिति संयोजक पदम वोहराको अध्यक्षतामा भएको बैठकमा प्रमुख अथिती अछामका जिल्ला न्यायधिश हरी प्रसाद शर्मा, उपाध्याय, पंगेनी रहनु भएको थियो । 

वैठकमा वोल्दै प्रमुख अथिती न्यायधिश पंगेनीले अछाम जिल्ला निकै राम्रो रहेको र अझै राम्रो वनाउन सम्पुर्ण अछामी जनता जागरुप हुनु पर्ने वताउनु भयो । वैठकका अतीथी मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसीले शैक्षिक तथा धार्मिक महोत्सव सफल पार्न आफु र आफ्नो कार्यालयले सक्दो सहयोग गर्ने वताउनु भयो । अन्तराष्ट्रिय भक्ति योग फाउन्डेशनका अन्तराष्ट्रिय भागवत भुषण आचार्य नारायण शरण पूज्य सञ्जेल जी महाराजद्धारा शैक्षिक तथा धार्मिक महोत्सवमा कथा वाचन गरिने वताईएको छ । स्नात्तक तह सम्म मात्र अध्यापन गराउँदै आएको क्याम्पसमा स्नात्तकोत्तर तह संचालन भए यस जिल्लाका हजारौ विद्याथी लाभान्वीत हुने भएकाले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरिदिन आयोजकले सबैमा अनुरोध गरेको छ । 

वैठकमा अन्तराष्ट्रिय भक्ति योग फाउन्डेशनका पदाधिकारी, मुल आयोजक समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश