२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै व्यक्तिले करोडौं खर्चेर बनाईदिए जनतालाई अस्पताल (फोटोफिचर)

२०७३, २९ पुष शुक्रबार १०:४१


प्रेम सुनार/पुस २९, गुल्मी । गुल्मीमा एउटै व्यक्तिले  करोडौं रुपैया खचेर जनतालाई आँखा अस्पताल बनाई दिएर समाज  सेवाको क्षेत्रमा अग्रणी भुमिका खेलेका छन् । 

वामी –३ टार निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफल जमिन वाहेक १ करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुई तले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाई दिएका हुन् ।

आफ्नै नामबाट कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र वामी गुल्मीको व्यानरको आज नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थप्रसाद मिश्रले भव्य समारोका विच उद्घाटन गरेका छन् ।

दानविर कृष्णहरी सापकोटा र उनका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले निवासीमै पुगेर वाजा गाजा सहित फुलमाला अविरले स्वागत गर्दै उद्घाटन स्थल सम्म ल्याएका थिए ।


स्थानिय कसैलाई दुख नदिई सापकोटा आफैले उक्त भवन बनाएका थिए । 

सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव ग¥यो । त्यस वेला उपयुक्त जग्गा कतै नपाए पछि त्यो प्रस्ताप असफल हुने देखेर सापकोटाले ६ वटा सडकहरु छोएको आफ्नै एक रोपनी क्षेत्रफल जमिन दिए ।

त्यस पछि  सरकारी रकम र दाताको पनि अभाव देखे पछि भैगो म आफै बनाई दिन्छु भनेर सुरु गरेका थिए ।  एक छोरा रामप्रसाद सापकोटा क्यानाडामा रहेका छन् । अर्का छोरा महेन्द्र काठमाण्डौमा रहेका छन् ।

एक छोरी ईश्वरा काठमाण्डौमा , अर्की छोरी क्यानडामा रहे पनि उनले आफ्नो सन्तानको एक पैसा खर्च नगरेर आफ्नो पुर्खेयौंली सम्पत्तीकै  श्रोतबाट उक्त अस्पताल बनाएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

उद्घाटन कार्यक्रममा नेत्रीज्योति संघका केन्द्रिय सचिव भरतबहादुर चन्द , पश्चिमाञ्चल क्षेत्रिय संयोजक सागरप्रताव राना, केन्द्रिय प्रवक्ता हरिप्रसाद शर्मा , चकोरमान शाक्य , गोपालबहादु सिंह  लगायतको विशेष आतिथ्यता रहेको छ ।


त्यस्तै नेपाली कांग्रेसका जिल्ला पाटी सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा , नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य दिनेश पन्थी , महिला जिल्ला समन्व्यकी उपाध्यक्ष विष्णुकुमारी सापकोटा , नेपाल पत्रकार महासंघका अध्यक्ष नवरजा भुसाल लगायतको आतिथ्यता रहेको छ ।

उद्घाटन लगत्तै सापकोटाले नेपाल नेत्रज्योति संघका जिल्ला शाखा अध्यक्ष शेरबहादुर थापालाई चाँवी हस्तान्तरण गरे ।  थापाले केन्द्रिय अध्यक्ष मिश्र मार्फत स्थानिय आँखा उपचार संचालक समितिका अध्यक्ष सुदर्शन शाक्यलाई चावी हस्तान्तरण गरे ।


जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले शाखाको तर्फबाट दानविर सापकोटा र उनको परिवार प्रति कृतज्ञता जाहेर गरेका थिए । परिवारको तर्फबाट सापकोटाकी नातिनी डाक्टर सुप्रियाले भनिन् परिवार भित्र डाक्टर बनाउने हजुर बुवाको सपना मैले पुरा गरे ।

तर म आफु भन्दा पहिला खास  डाक्टर मेरो हजुर बुवा नै बन्नु भयो । सदरमुकाम तम्घासबाट वाग्लुङ्गको सिमानामा रहेको वामी गाविसका जनता यस अघि वाग्लुङ्गको हटियामा उपचार गर्न जाने गर्दथे । अध्यक्ष शाक्यको अध्यक्षतामा चलिरहेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष अग्नीधर लोहनीको स्वागत मन्तव्य र सचिव ढालबहादुर जिसीको सञ्चालन रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ