होम साउद/पुस २९, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले जो संग सीप छ त्यो संग सबै डराँउने गरेको बताएका छन । 

घरेलु तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

होम साउद/पुस २९, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले जो संग सीप छ त्यो संग सबै डराँउने गरेको बताएका छन । 

घरेलु तथ"/>

2026-08-29 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सीप भएका मान्छेसँग सबै डराँउछन: प्रमुख जिल्ला अधिकारी


होम साउद/पुस २९, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले जो संग सीप छ त्यो संग सबै डराँउने गरेको बताएका छन । 

घरेलु तथा साना उद्योग विकास समिती अछाम र वाक नेपालको पहल कार्यक्रम मार्फत सञ्चालित सिलाई कटाई सम्वन्धिको ४५ दिने पुर्नताजकीय तालिमको समापन समारोहमा बोल्दै तिमिल्सेनाले सो कुरा बताएका हुन । 

जुन ब्याक्तिसंग सीप छ त्यो ब्याक्तिलाई सबैले सम्मान गर्ने गरेको बताँउदै प्रजिअ शर्माले तालिम सिकेका प्रशिक्षार्थिहरुलाई बधाई समेत दिए । उनले कार्यक्षेत्रमा गएर परिस्कृत ढंगले काम गर्दै जिवनस्थर सुधार्न पनि सहभागिलाई अनुरोध समेत गरेका छन । 

सीप भएको मान्छेले काम गर्नुका साथसाथै गुणस्तरीयतामा पनि ध्याँन दिनु उतिकै आवस्यक हुने प्रजिअ तिमिल्सेनाको भनाई छ । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितीका उद्योग अधिकृत रामचन्द्र सुवेदीले आफ्नो कार्यालयवाट मागमा आधारित बिभिन्न सीप प्रदान गरेको तर ब्यावहारीक रुपमा लागु नहुनु दुःखद भएको बताए । यतिवेला ब्यावसाय गरिरहेकाहरुलाई सीपका साथसाथै सामग्रि पनि अनुदानमा प्रदान गरेको उनले जाँनकारी दिए । 

आगामि दिनमा पनि उद्यमशिलता र शीप विकासमा बिभिन्न क्रियाकलापहरु गर्न सकिने उनले बताए । यस्तै पहल कार्यक्रमका जिल्ला संयोजक दान बहादुर साउदले सिकेको सीपलाई जीवन निर्वाहको पद्धतिमा ढाल्न सहभागिलाई आग्रह गरे ।

पहल कार्यक्रम मार्फत कृषि, उद्यमशिलता र सीप विकास लगायतका बिभिन्न क्षेत्रमा सहयोग गरिरहेको उनले बताए । स्थानिय स्थरमा उद्यमशिलता विकास गर्दै जीविकोपार्जन सुधार गर्ने र स्थानिय स्थरमै रोजगारमुखी क्रियाकलापमा सरिक बनाँउने कार्यक्रमको उद्देश्य रहेको साउदको भनाई थियो । 

यस्तै पत्रकार महाँसंघका सचिव शिवराज ढुंगानाले पनि परम्परागत रुपमा जातिगत रुपमा बिभाजित सिलाईकटाई कार्यमा अन्य समूदाय पनि सरिक हुनु राम्रो पक्ष भएको भन्दै तालिममा सिकेको कुराले आफ्नो ब्यावसायको स्तरबृद्धि गर्दै आर्थिक सुधार गर्न आग्रह गरे । 

वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा सहभागिको तर्फवाट मन्तब्य राखेकी रमिता सुनारले पुर्नताजकिय तालिमले महत्वपूर्ण ज्ञान प्राप्त भएको भन्दै राम्रो सिलाई कटाई ब्यावसायि बन्न हौसला मिलेको बताईन । 

वाक नेपालका कार्यकारी निर्देशक डम्मर रावलको स्वागत मन्तब्य वाट सुरु भएको समापन समारोहको सहजिकरण वाक नेपालका कर्मचारी छत्रप्रसाद धमलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था