नवलपरासीको कावासोतीमा मोटरसाईकल र स्कुटि एकआपसमा ठोक्किँदा दुर्घटना

साझासवाल
1 Min Read

दयाराम आचार्य/ मंसिर १, नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्र्तगत
नवलपरासीको कावासोती नगरपालिका ८ सभापति चोकमा सोमबार मोटर साईकल र स्कुटि एक आपसमा ठक्कर खादा दुई जना
घाईते भएका छन ।

ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको
जानकारी अनुसार कावासोती ८ सभापति चोकमा ना २१ प ६४३ नम्बरको मोटरसाईकल र ना २८ प ५९ ३९नम्बरको स्कुटि
एकआपसमा ठक्कर खादा दुईजना घाईते भएका हुन ।

घाईतेहुनेमा
कावासोती नगरपालिका २ का स्कुटि चालक ५५ बर्षिय हरीराज पोख्रेल र भरतपुर उपमहानगरपालिका ७ बस्ने ३२
बर्षिय सुरज ढकाल रहेका छन ।

घाईते मध्य पोखे्रलको भरतपुरमा
र ढकालको जिवन मेडिकल कावासोतीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply