2026-06-20 09:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ५९ सवारी दुर्घटना, ४४ जनाको मृत्यु, २५ लाख बढि राजश्व संकलन (चौमासीक तथ्यांक)

दयाराम आचार्य/ मंसिर ३, नवलपरासी ।  चालु आर्थिक बर्ष
पहिलो चौमासीकमा जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले सवारी नियम उल्लङघन गर्ने सवारी साधन
कार्वाही बाट २५ लाख २५ हजार रुपैया राजश्व संकलन गरेको छ । साउन १ गते देखि कात्तिक मसान्त सम्ममा ५
हजार ४ सय सवारी साधन कार्वाहीबाट उक्त राजश्व संकलन गरीएको जिल्ला ट्राफिक प्रहरीकार्यलयका प्रमुख
सुर्य कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्ष
को पहिलो साउन महिनामा १५ सय ५० वोटा सवारी साधन कार्वाहीबाट ७ लाख ३२ हजार २ सय रुपैया,भदौ महिनामा १३
सय ५० सवारी साधन कार्वाही बाट ६ लाख २१ हजार ६ सय,असोजमा १ हजार सवारी साधन कार्वाही बाट ४ लाख ६८ हजार
१ सय र कात्तिक महिनामा १५ सय सवारीसाधन कार्वाहीबाट ७ लाख ३ हजार १ सय रुपैया राजश्व संकलन भएको प्रमुख
श्रेष्ठले बताउनु भयो ।

चार महिनाको अवधिमा सबै भन्दा धेरै
३ हजार ५ सय ४२ वोटा ट्रक कार्वाही बाट १८ लाख ३६ हजार ४ सय रुपैया राजश्व रकम संकलन भएको छ । यस्तै यहि
अवधिमा सवारी दुर्घटनामा परी ४४ जनाको ज्यान गएको छ भने ८१ जना गम्भिर घाईते भएका छन ।


ट्राफिक कार्यलयका प्रमुख श्रेष्ठका अनुसार चार महिनाको अवधिमा भएका ५९
वोटा सवारी दुर्घटनामा परी ४४ जनाको ज्यान गएको हो ।

यस
अवधिमा सबै भन्दा बढि साउन महिनामा भएका ३३ वोटा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु तथा ३० जना
गम्भिर घाईते भएका छन ।

nawalparsai traffice
police report

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ