कमल रावल | माघ २, अछाम | जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता भएका छन । २०७३ साउन १ गते देखि माघ गते सम्म २७ वटा दर्ता भएका जिल्ला प्रहरी का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | माघ २, अछाम | जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता भएका छन । २०७३ साउन १ गते देखि माघ गते सम्म २७ वटा दर्ता भएका जिल्ला प्रहरी का"/>

2026-08-29 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिप्रका अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता

कमल रावल | माघ २, अछाम | जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता भएका छन । २०७३ साउन १ गते देखि माघ गते सम्म २७ वटा दर्ता भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

६ महिनाको अवधिमा गर्ने पत्रकार सम्मेलन अनुसार आज जिल्ला प्रहरी कार्यालय अछामले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामा सबै भन्दा बढी ११ वटा मुद्दा आत्म हत्याका रहेका छन । त्यस्तै कर्तव्य ज्यान २, भबितब्य ३, फुटकर ३, सवारी ज्यान २, जवरजस्ती करणी २, ज्यान माने उद्योग १ रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले बताउनु भयो । २७ वटा मुद्दा मध्ये ८ वटा जिल्ला अदालतमा पेश, १ प्रक्रियामा चालु र १८ वटा बाकी म्याद अवधि भर चालु रहेको बताउनु भयो । यो वर्ष गत आर्थिक बर्षको भन्दा जिल्ला प्रहरी कार्यालयका निकै कम घटना आएका छन । 

गत आर्थिक वर्षमा ६० वटा मुद्दा दर्ता गरिएको थिए भने यो वर्ष हाल सम्म २७ वटा मात्र दर्ता भएको बताईएको छ । यो वर्षका घटनामा सबै दोषि प्रक्राउ परेका छन भने जिल्ला प्रहरी कार्यालय अछामले एक बर्ष अघि बहु विवाह गरेर फरार अभियुक्त लाई समेत पक्राउ गरेको छ । यसैगरि यो ६ महिनाको अवधिमा ५४ वटा विभिन्न प्रकृतिका ठाँडो उजुरीका मुद्दा पनि जिल्ला प्रहरी कार्यालयले मिलापत्र गराएको छ । अछाममा दर्ता भएका २७ मुद्दा मध्ये १४ वटा महिला तथा वालवालिकासंग सम्बन्धीत रहेका छन । साथै डिएसपि भट्टका अनुसार दैविक प्रकोप अन्र्तगत अछाम जिल्लामा १ करोड ४७ लाख १९ हजार ३ सय १० आर्थिक रकम बराबरको क्षति भएको पाईएको छ । जसमा १ सय ९ घटना भएका र जिल्लामा ३ सय २ घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका बताईएको छ । 

प्रहरीका अनुसार अछाम जिल्लामा यो अवधिमा ९ जना महिला तथा वालवालिका हराएकोमा ५ जनालाई भेटाएर आफन्तको जिम्मा लगाईएको छ । र जिल्लामा ट्राफिक नियमको उल्लघन गर्ने ८ सय ३ सवारी साधन कारबाहीमा परेका छन । जसबाट ५ लाख ५५ हजार राजस्व सँकलन भएको छ । यो अवधिमा प्रहरी मेरो साथी अभियानलाई पनि निरन्तरता दिईएको बताईएको छ । ६ महिनाको अवधिमा ३३ वटा स्थानमा सचेतना, अन्तक्र्रिया, सडक नाटक लगाएतका कार्यक्रम गरिएका पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था