Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
नवलपुर - NWL

विकास निर्माण उपभोक्ता समिति गठन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २३, नवलपरासी । बर्दघाट नगरपालिका –४
मर्चाखोलाका स्थानीय उपभोक्तहरुको भेलाले सिता घर्तीको अध्यक्षतामा विकास निर्माण उपभोक्ता समिति गठन
गरेको छ ।

बुधवार भएको भेलामा समाजसेवी चुडामणि भण्डारीले
बस्तीको बिकासका लागि एकजुट भएर लाग्नुपर्ने बिचार ब्यक्त गर्नुभएको थियो । बर्दघाट नगरपालिकाका
सर्बदलीय समितिका प्रतिनिधि समेत रहनुभएका भण्डारीले विकास निर्माणका लागि जनताहरुको एकता आबश्यक रहेको
र उक्त एकता आफ्नो गाउमा रहेको उल्लेख गर्नुभएको थियो ।

वडा
नागरिक मञ्चका सदस्य बिष्णु गैरेको अध्यक्षतामा भएको भेलामा बर्दघाट नगरपािलकाका सामाजिक परिचालक उषा
पन्जियार लगायतले बोल्नुभएको थियो ।