२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको भुमहिमा पहिलो पटक बहरबद्ध गजलको एकल गजल गायन सम्पन्न

२०७२, २७ मंसिर आईतवार १३:५८

मंसिर २७, नवलपरासी ।

साहित्य क्षेत्रमा युवाहरुको बिशेष संलग्नता
राज्यले
साहित्यलाई सम्मान गर्न नसकेको अवस्थामा पनि नेपालमा साहित्यलाई अंगालेर अगाडी बढने क्रम भने रोकिएको
छैन । साहित्य क्षेत्रमा युवाहरु विशेष गरि लागेको हामी देख्न पाउछौ । साहित्य हाम्रो अभिन्न अंग जस्तो
हो जस्को विना हामी वाच्नै मुशकिल हुन्छ । हामी खुशि हुदा र दुःख दुवैमा साहित्यका माध्यमबाट खुशि र
बेदनाहरुलाई प्रस्फुटन गरिरहेका हुन्छौ ।
bhumahi nawalparasi 1

देशमा अहिले उत्पन्न भएको असहज परिस्थितीका बाबजुत पनि नेपालका विभिन्न
स्थानहरुमा साहित्यीक कार्यक्रम भई रहेका छन । सोहि क्रममा नेपालमै पहिलो पटक बहरबद्ध गजलको एकल गजल
गायन कार्यक्रम नवलपरासीको भुमहिमा सम्पन्न भएको छ । नवलपरासीमा गजलविद डा. घनश्याम न्यौपाने परिश्रमीको
एकल गजल गायन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल गजल गायन समुह
नवलपरासीको आयोजना र अनुराग साहित्य समाज नेपाल देवदह रुपन्देहीको सह–आयोजनामा सम्पन्न कार्यक्रममा
कार्यक्रका प्रमुख अतिथी डा. परिश्रमीले “जय होस् जय होस् सबको जय होस्, जीवन मंगलमय होस् ” भन्ने गजल
शेयरबाट कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा गजलबीद डा. न्यौपाने परिश्रमीले रचना गरेका
संगितबद्ध गजलहरुलाई गजल गायकहरुले
प्रस्तुत गरेका थिए । गजल गायन समुहका अध्यक्ष शुसिल श्रेष्ठको
अध्यक्षता र अनुराग साहित्य समाज देवदह रुपन्देहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा निर्मल ढुंगानाको
सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । चर्चित गजल गायककार सुवास आगमले “जय होस् जय होस् सबको जय
होस्, जीवन मंगलमय होस् ”

bhumahi nawalparasi

गजललाई संगितबद्ध रुपमा गायन प्रस्तुत गर्दा कार्यक्रम स्थल सुमन सदन गुन्जायमान भएको थियो ।
आगमले संगितको तालमा “छ के के लुकेको सजल ती नयनमा, म देखिरहेछु गजल ती नयनमा ” भन्दै सबैलाई
मन्त्रमुग्ध पारेका थिए । गजल विद्धत शिरोमणि डा. परिश्रमीद्धारा रचित गजलरुलाई सबैभन्दा बढी संगितबद्ध
र लयबद्ध गर्ने गजलगायक शुसील श्रेष्ठले “जुन चुहेको रात मलाई राम्रो लाग्छ, , हर्षको बर्षात राम्रो
लाग्छ” भनेर एकल प्रस्तुति दिएका थिए भने सोही क्रममा “म प्यासी छु सामुने आउ प्रीय, मलाई मजाले पिलाऊ
प्रीय ” भन्दै कोरश गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा
अर्का गायक विजय गुप्ताले मेरो दिलको धड्कन तिमी हौं, म बाचेंको जीवन तिमी हौं…..मलाई जसै हुन्छ पीडा,
दुखेरै रुने मन तिमी हौं ” भनेर पलेटीमा जोडदार प्रस्तुती दिएका थिए । त्यसैगरि “तिमीलाई खोज्दै म आए
सानु, म तिम्रै शहरमा हराए नी सानु । तिमीबाट पक्कै खुसी मिल्छ भन्थ्यौ, कहां मिल्नु झन चोट पाए नी सानु
। भन्दै दिपक श्रेष्ठ र अमृता गैरेको युगल गायनले झन माहोल तताएको थियो । सुप्रसिद्ध गजल गायक तेजु
अर्याल “ जमेको थियो, पगाल्यो कसैले, मलाई उतै तान्न खोज्यो कसैले …निसंकोच मैले उनीलाई हेरे, उतैबाट
आवाज निकाल्यो कसैले भनेर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

सो अवसरमा तेजु अर्यालले दुख्छ मेरो
छाती , एक्लै थिए राती सम्झे तिमीलाई भन्ने ०६१ सालमा रेकर्ड भएको गित सुनाएका थिए । सोही अवसरमा गाजल
गायिका कविता खातिले “तिमीलाई पाउने छ एक आस मेरो, चलेकैछ त्यै आसा सास मेरो । तिमी सामु आऊ अनि
मुस्कुराऊ , त्यहि हुन्छ मस्ती र उल्लासा मेरो” भनेर बहरबद्ध गजल गाउदा सबै उत्साहित भएका थिए ।
कार्यक्रममा बेदलाल पन्तले “तिमी दुर हुदां मन दुख्छ मेरो, नजिकै तिमि भईदिए पुग्छ प्रीय भनेर
गुनगुनाएका थिए भने तुलसा भट्टाराईले “कति बस्नु टांढा उदासी बनी, त्यसैले नजिकै सरे प्रेमले । तिमीलाई
यी पुजा गरे प्रेम मैले, म तिम्रै शरणमा परे प्रेमले जोडदार प्रस्तुती दिएकी थिईन् ।

सोही अवसरमा अमृता गैरे, तुलसा भट्टाराई, कविता खाती र कमला घिमिरेले संयुक्त रुपमा
“बुझ्ने र बुझ पचाउने बानी हजुरको , सांचो कुरा लुकाउने बानी हजुरको भनेर गजल गाउदा हलमा तालीको लहर
छुटेको थियो । प्रदीप सुनारले “निकै भो नि तिम्रो शहरमा म छु, तिम्रै नशालु नजरमा म छु ।। भनेर
प्रस्तुति दिएका थिए । एकल गजल गायन कार्यक्रममा निलम अर्यालले “तिमिलाई प्रीय…किन हो प्रीय तिमी
टाढीयौं भनेर गजल गाएकी थिइन् । कार्यक्रमको अन्तयमा सुवास अगमले “आज मेरो नजिक तिमि आयौं, यो भो बेठीक
कि ठीक तिमी आयौं” भनेर बहरबद्ध गजल गाउदा गलका रचैयता डां परिश्रमी भावविहवल भएका थिए र उनि उठेर
अगमलाई चुम्बन नै गर्न पुगे । आगमले कार्यक्रमका सहभागि सम्पूर्णले पुनः सो गजल गाउन आग्रह गरेपनि गजल
गायक आगमले पुनः सो गित गाएका थिए ।

कार्यक्रममा गितारमा
राजकुमार श्रेष्ठ, तबलामा रामशरण गुरागाई रामतुल र करिब १० वर्षिय सम्भव अर्यालले दिनभरी साथ दिएका थिए
। कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनबाट आएका सयौं गजलका साधक एवं स्रोताहरुको
उपस्थिती थियो । कार्यक्रममा विशिष्ट अतिथी दिपक ज्ञवाली दिपकदमले डा. न्यौपानेको प्रशंसा गरेका र
दिपकदमले कोही कोही आधा उता, कोही कोही आधा यता तड्पीराछन् कृष्ण उता तड्पीराछु राधा यता भनेर गजल
सुनाएका थिए । त्यस्तै अर्का विशिष्ट अतिथी शिक्षावीद ज्ञानदेव हटुवालले गजल विशषज्ञ डा. न्यौपानेले
कसरी भनुं म जितेकी हारे जिन्दगीमा, कि धरापमा पारे जिन्दगीमा तर सबैतिर हल्ला सुन्दैछु अचेल केबल मैले
नै बाजी मारे जिन्दगीमा भन्दै आफना भनाई समेत राखेका थिए ।

-कमला अर्याल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ