२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पोषण खाद्य सुरक्षा रणनिति तयारीका लागी सरोकारवाला सँगको सुझाव संकलन

२०७३, १० माघ सोमबार ०२:३६

कमल रावल/माघ १०, मंगलसेन । पोषण खाद्य सुरक्षा रणनिति तयारीका लागी सरोकारवाला सँगको सुझाव संकलन गोष्ठि सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । 

जिल्ला कृषि बिकास कार्यालय अछामको समन्वयमा यस अघि अछामका विभिन्न गाबिसको अध्ययन अनुसार पराक्टीकल एक्सनले तयार पारेको सांराश रणनितिमा सरोकारवालाले सुझाब दिएका हुन । सहभागि राजनितिज्ञ तथा सरोकारवालाले अछाम जिल्लाको पोषण र खाद्यको स्थितीको अध्ययन गर्दा जिल्लामा उत्पादीत खाद्यान्नले किसानलाई खान पुगि रहेको छ की छैन भन्ने बिषयमा पहिले अध्ययन गर्नु पर्नेमा जोड दिएका थिए । जिल्लामा अझै पनि स्थानिय उत्पादनलाई बढवा दिन नसकिएकाले यस क्षेत्रमा सबैको ध्यान जानु पर्ने बताएका थिए । 

जिल्लाका सबै गाबिसको स्थिती झल्कीने गरि कुन ठाँउमा के उत्पादन हुन्छ भनेर सुक्ष्म अध्ययन गरिनु पर्नेमा जोड दिएका थिए । पराक्टीकल एक्सनले गरेको अध्ययन अनुसार अछाम जिल्लामा ३० प्रतिशत जनता खाद्य असुरक्षाबाट पिडित भएका पाईएको छ भने ४१ प्रतिशत वालवालिका कुपोषणबाट पिडित भएका पाईएको छ । कार्यक्रममा उद्देश्य सहितको साराशं प्रस्तुती पराक्टीकल एक्सनका पोषण खाद्य सुरक्षा अधिकृत कुष्ण तिवारीले प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै जिल्ला कृषि बिकास कार्यालय अछामका वरिष्ठ कृषि बिकास अधिकृत विष्णु हरि देवकोटाले अछाम जिल्लाको जनसख्या अनुसार अझै ११ हजार बढी मेट्रीक टन खाद्यान्न अभाव भएको बताउनु भयो । जिल्लामा व्यावसाय सहित उत्पादन दिने बाली सबै किसानले प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । 

आधुनिक कृषि प्रणाली, सिचाई, मल, विउ, कर्मचारी अभाव तथा कृषि शिक्षाको अभावका कारण सबैको कृषिमा पहुच पुग्न नसकेको बताउनु भयो । सहभागि सबैका जिज्ञासाको उत्तर दिदै पराक्टीकल एक्सनका म्यानेजर पुष्प पौड्यालले सबैका सुझावलाई संकलन पछी अब कार्य योजनामा समेट्ने बताउनु भयो । 

जिल्ला कृषि विकास कार्यालयको समन्वयमा आफनो कार्य योजना निर्माण भएकाले सबैले गहिराईमा पुगेर अध्ययन गरि सुझाव दिन आग्रह गरेका थिए । जिल्ला स्थित राजनितिक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, संञ्चारकर्मिको सहभागिता रहेको कार्यक्रमको संञ्चालन गजेन्द्र प्रसाद खत्रिले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने