२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

फोनबाट गुनासो टिपाउँदै रोल्पाका महिला र बालबालिका

२०७३, २७ माघ बिहीबार ०६:०१

माघ २७, रोल्पा । मानवअधिकार सचेतन केन्द्र रोल्पाले कार्यक्रममा जवाफदेहिता, पारदर्शिता र गुणस्तरीयता बनाउन अपनाएको अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ ९मिल०मा विभिन्न खालका गुनासा आउने गरेका छन् । 

नागरिकबाट सेवा प्रवाहका बारेमा गुनासो व्यवस्थापनका लागि गुनासो पृष्ठपोषण संयन्त्रमार्फत गुनासा आइरहेका छन् । पैसा नलाग्ने टोल फ्री नम्बरमार्फत विगत तीन वर्षदेखि लागू भएको यस संयन्त्रमार्फत जम्मा एकसय १५ वटा गुनासा तथा पृष्ठपोषण आएका छन् । 

समयमा किसानले तरकारीको बीउ नपाएको, शिक्षक विद्यालय आउँदा मादकपदार्थ सेवन गरी आएको, श्रीमान्ले कुटपिट गर्ने गरेको, आमा समूहबाट निकालिएको, समयमा पुस्तक नपाएको जस्ता गुनासा आएको हुरेक रोल्पाका मिल कार्यक्रम संयोजक धरेन्द्र डाँगीले जानकारी दिनुभयो । 

कार्यक्रमको गुणस्तर, पारदर्शिता र जवाफदेहिताका लागि लाभान्वित समुदायबाट आएका गुनासालाई विभिन्न ६ श्रेणीमा अभिलेखीकरण गरिएको र गुनासोको प्रकृति हेरी निश्चित अवधिभित्र समाधान गरिँदै आएको डाँगीले जानकारी दिनुभयो । 

हालसम्म ३८ महिला र ३७ बालबालिकाले गुनासो गरेको बताइएको छ । प्राप्त गुनासामध्ये १२ वटा गुुनासा सम्बन्धित निकायमा पठाइएको छ । रिफर गरिएका गुनासा सम्बन्धित कार्यालयसँगको समन्वयमा समाधानसमेत गरिएको हुरेक रोल्पाले वताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा