१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

फोनबाट गुनासो टिपाउँदै रोल्पाका महिला र बालबालिका

२७ माघ २०७३, बिहीबार ०६:०१

माघ २७, रोल्पा । मानवअधिकार सचेतन केन्द्र रोल्पाले कार्यक्रममा जवाफदेहिता, पारदर्शिता र गुणस्तरीयता बनाउन अपनाएको अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ ९मिल०मा विभिन्न खालका गुनासा आउने गरेका छन् । 

नागरिकबाट सेवा प्रवाहका बारेमा गुनासो व्यवस्थापनका लागि गुनासो पृष्ठपोषण संयन्त्रमार्फत गुनासा आइरहेका छन् । पैसा नलाग्ने टोल फ्री नम्बरमार्फत विगत तीन वर्षदेखि लागू भएको यस संयन्त्रमार्फत जम्मा एकसय १५ वटा गुनासा तथा पृष्ठपोषण आएका छन् । 

समयमा किसानले तरकारीको बीउ नपाएको, शिक्षक विद्यालय आउँदा मादकपदार्थ सेवन गरी आएको, श्रीमान्ले कुटपिट गर्ने गरेको, आमा समूहबाट निकालिएको, समयमा पुस्तक नपाएको जस्ता गुनासा आएको हुरेक रोल्पाका मिल कार्यक्रम संयोजक धरेन्द्र डाँगीले जानकारी दिनुभयो । 

कार्यक्रमको गुणस्तर, पारदर्शिता र जवाफदेहिताका लागि लाभान्वित समुदायबाट आएका गुनासालाई विभिन्न ६ श्रेणीमा अभिलेखीकरण गरिएको र गुनासोको प्रकृति हेरी निश्चित अवधिभित्र समाधान गरिँदै आएको डाँगीले जानकारी दिनुभयो । 

हालसम्म ३८ महिला र ३७ बालबालिकाले गुनासो गरेको बताइएको छ । प्राप्त गुनासामध्ये १२ वटा गुुनासा सम्बन्धित निकायमा पठाइएको छ । रिफर गरिएका गुनासा सम्बन्धित कार्यालयसँगको समन्वयमा समाधानसमेत गरिएको हुरेक रोल्पाले वताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन