बैशाख ५, नवलपरासी । नवलपरासीको कावासोतीका गत चैत १८ गते १३ बर्षीया
बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका एक अरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले शुक्रबार दिउँसो मोरंगको बिराटनगरबाट
कावासोती १३ लौखानीका कृष्ण महतोलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी
अनुसार आरोपीत महतोलाई उनको आफन्तको घर विराटनगरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । साथै अन्य दुई
जना भने अझ फरार रहेका छन् ।
गत चैत्र १८ गते सांझ १३ बर्षीया
बालिकालाई ३ जनाको समूहले सामुहिक रुपमा बलात्कार गरेको थियो ।