2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका पत्रकारद्धारा केन्द्रीय सभासदको पुनःमतगणना गर्न माग

फागुन १२, पोखरा  | नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कास्की शाखाको फागुन ५ र ६ गते सम्पन्न दशौं अधिवेशन अन्र्तगत केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणनाको माग गर्दै केन्द्रीय सभासदका ११ उमेदवारले निवेदन दिएका छन् । 

केन्द्रीय सभासद खुलातर्फको मतगणना र मत परिणाम आशंकित अस्वभाविक भएको भन्दै प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरलाई र पत्रकार महासंघ केन्द्रका लागि केन्द्रीय सदस्य तथा प्रतिनीधि सुष्मा पौडेलमार्फत पुनःमतगणना गर्न निवदेन बुझाएका हुन् । 

पुनःमतगणनाका लागि केन्द्रीय सभासद खुला तर्फका उमेदवारहरु हुमबहादुर गुरुङ, सन्देश श्रेष्ठ, नारायण शाही, राम गुरुङ, ऋषिराम बराल, खेम सारु, ओमबहादुर हमाल, राजन उपाध्याय, केशव पाठक, लालप्रसाद शर्मा र घनश्याम पाण्डेले माग गरेका हुन् ।

मतगणनामा कुनै अन्यथा भएको छैन भन्ने प्रमाणित गर्नका लागि पनि हाम्रो निवेदनलाई सम्बोधन गर्दै केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणना तत्काल गर्न निर्वाचन समिति र नेपाल पत्रकार महासंघ केन्द्र तयार हुनुपर्दछ निवेदक हुमबहादुर गुरुङको भनाई छ । आलटाल गर्न खोज्यो भने थप आशंका उत्पन्न हुने गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो