प्रेम सुनार/फागुन १४, गुल्मी । उनको मस्तीष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् । 

चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/फागुन १४, गुल्मी । उनको मस्तीष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् । 

चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भ"/>

2026-10-28 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीकि कमली चार वर्षअघि मुत्यु भएका श्रीमानसंग अझै फोनमा बोल्छीन


प्रेम सुनार/फागुन १४, गुल्मी । उनको मस्तीष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् । 

चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो र काज किरियाको ८ दिनमा कसैले श्रीमानको स्मरण गराई दिए पछि उनको मानसिक सन्तुलन गुमेको थियो । अहिले चार वर्ष सम्म पनि उनको होस् खुलेको छैन् । काज किरियाको कुनो भित्रैबाट पति वियोगको पिडाले मानसिक सन्तुलन गुमाउने महिला विरलै होलान् ।

ति विरलै मध्येकी एक हुन् गुल्मीको भनभने गाविस वडा नम्वर १ की २८ वर्षिया कमली बिक । उनि १८ वर्षकी हुँदा गुल्मीकै वाग्ला गाविसका वावुराम बिश्वकर्मा संग मागी विवाह भएको थियो । विवाह लगत्तै भारतमा श्रीमान श्रीमति संगै वसे । 

एक छोरा र एक छोरी पनि जन्मीए । निकै सुखत दाम्पत्य जिवन व्यतित गरी रहेको वेला उनका श्रीमान वावुरामको २०७० सालमा सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको थियो । तर उनलाई पत्यार लागेन । श्रीमानको मृत्युमा एक थोपा आँशु नखसाएकी कमलीलाई काज किरियामा वसेको पनि होस् भएन् ।

८ दिनका दिन कसैले उनको श्रीमानको केहि वेर स्मरण के गरेका थिए , उनी हाँस्ने चिच्चाउने गर्दा गर्दै मानसिक सन्तुलन गुमाईन । उनकी आमा बुद्ध बिक भन्छिन–‘त्यस पछि उनलाई माईती घरमा ल्या्एर राखिएको हो । 

माईती घरमा ल्याए पनि उनी धेरै जसो छिमेकी गाउँ पुर्कोटदह वजार तर्फ धेरै जसो जाने गर्थिन् । त्यस क्रमा उनलाई कसले वलात्कार ग¥यो र उनले गर्भधारण गरिन भन्ने कुरा कसैलाई थाह छैन् । उनि आफैलाई पनि थाह छैन् । उनले गत कार्तिक महिनामा छोरी जन्माएकी थिईन् ।’ ति छोरी कसकी हुन भनेर सोध्धा उनले लजाउँदै भन्छिन–‘कसको हुनु नि मेरै श्रीमानको हो ।’

ति छोरीलाई कसैको काँखमा जान दिदै दिदैनन् । हरवखत आफ्नै काँखमा राख्दै र चुम्दै गर्ने उनले हरवखत श्रीमान संग एकहोरो गफ गर्ने गरेको उनका परिवारजन बताउउछन् । मोवाईल फोन उनको साथमा छैन तर कुनै ढुङ्गा वा काठको टुक्रालाई फोन बनाउँदै कानमा राखेर मोवाईलमा श्रीमान भारतमा छँदा र आफु गाउँमा हुँदा जसरी कुरा गर्दथिन त्यसरी नै कुराकानी गर्नु नै उनको दिन कटाउने माध्यम बनेको उनकी वहिनी बताउछिन् ।

हरवखत उनको मन–मस्तीष्कमा श्रीमान रहनुले उनलाई जो जसले करणी ग¥यो त्यसलाई पनि उनै श्रीमान नै ठानेको हुन सक्ने स्थानियले अडकल काट्ने गरेका छन् । स्थानियले त्यस्तो अडकल काटे पनि उनलाई करणी गर्ने व्यक्तिको पहिचान अहिले सम्म गर्न नसेके पछि ति सन्तान वेवरिसे बन्न पुगेकी छिन् । मृत्यु भएका श्रीमान तर्फ ८ वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।

कानमा राख्ने मोवाईल फोन आकृतिको काठ ढुङ्गा कति वेला ला वुवासंग वोल भन्दै छोरा छोरीलाई दिएको वखत परिवारजन भावुक बन्ने गरेको बताउँ छन् । अकल्पनिय रुपमा सडक दुर्घनामा परी मृत्यु भएका उनका श्रीमान प्रति उनको कति माया र कलेस रहेछ भन्ने कुरा मानसिक सन्तुलन विग्रे पनि मोवाईल फोन कुराकारीले स्पष्ट पारेको छ । उनको घर अलिमाथी भनभने ८ टिमुर्खकमा चन्दा मागेर छोरीले आमाको काज किरिया गरी रहेको स्थलगत रिर्पोट लिन जाँदा तल ति युवतीको अवस्था त्यतिकै दर्दनाक थियो ।

फोन रुपी ढुङ्गा काठ कानमा लगाएर मृत्यु भएका श्रीमानलाई न ढाँट्नु के छिटो आउनु कस्तो अस्याट ला’छ भन्दा अहिले चर्चामा आएको गीत सुन साईली , प्रदेशबाट म आउँला चालिस कटेसी रमाउँला बोलको गीत यसरी गुनगुनाउन मन लाग्छ ।

सुन साईली सुन साईली अर्को जुनी भेटौला, फेरी त्यसरी नै रमाउँला…… 

सुन साईली दियोमा तेल हुुरुरु, मलाई सम्झी नरुनु…… 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला