2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

फागुन २२ ,पोखरा  | नेकपा ( एमाले ) थुम्कि पोखरा सम्पर्क मञ्च को आयोजनामा थुम्किमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिविर उद्घाटन गर्दै कृषि बन बिक्षान बिश्व बिद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.रामनाथ ओझाले आफ्नो जन्मभुमिमा कार्यक्रम गरि बृद्दा बा आमा र अशक्त हरुको उपचार गर्न पाउँदा खुसी भएको बताए । साथै उनले बैसाख भित्र थुम्कीमा माटो परिक्षण गराएर  कृषकको लागि काम गर्ने बताए ।  कार्यक्रममा बिशेश अतिथि डा.नारायण ओझाले आफ्ना गाउँ मा सामाजिक कार्यक्रम ल्याएर रोजगारीको अबसर प्रदान गर्न सबै एक हुनुपर्ने मा जोड दिए । शिबिर बाट थुम्की गाविसका  करिब आठ सय जनाले निशुल्क स्वास्थ्य जाँच गरेका मंचका सचिव राजन सुबेदीले जानाकारी दिए ।

कार्यक्रममा नेशनल सिटि हस्पिटलका प्रबन्धक बिक्रम अधिकारीले आफ्नो हस्पिटल लाई निमन्त्रणा गरि गरिब दिन दुखीको सेवा गर्न अबसर दिनुभएकोमा आयोजक लाई धन्यवाद ब्यक्त गरे । नेकपा ( एमाले ) थुम्कि पोखरा सम्पर्क मञ्चका अध्यक्ष बयान बहादुर गोदार को अध्यक्षतामा भएको  कार्यक्रमको संचालन   एमाले युवा नेता तथा नेकपा ( एमाले ) थुम्कि पोखरा सम्पर्क मञ्चका सचिव राजन सुवेदी सञ्चालन गर्नु गरेका थिए भने स्वागत शिवालय उ मा बि का शिक्षक ऋषिराम ओझाले गरेका थिए ।  शिविरमा डा.नारायण ओझा ,डा.सन्दिप ओझा ,डा.सुदिप सुवेदी, डा. दिलिप ओझा ,डा. श्याम लौडारी,डा.सुशील अधिकारी,डा.विवेक लुईटेल,मनकुमारि ओझा लगायतका डाक्टर हरुले स्त्रीरोग,हार्ड तथा नसा रोग, जनरल मेडिसियन, दन्त रोग, नाक कान घाँटी र अन्य रोगको उपचार गरि औषधि बितरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो