२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा लेखनाथ महानगरपालिकाको काम सुरु

२०७३, १ चैत्र मंगलवार ०२:५१

फागुन ३०, कास्की । मुलुककै ठुलो नब घोषित पोखरा लेखनाथ महानगरपालिकाले सोमबारदेखी कार्य शुभारम्भ गरेको छ । सोमबार कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले कर्मचारीहरुलाई महानगरपालिकाको रुपमा कार्य गर्न निर्देशन दिँदै पोखरा लेखनाथ महानगरपालिकाको शुभारम्भ गरेका हुन् । 

कार्यकारी अधिकृत ढुङ्गानाले मुलुककै ठुलो महानगर बन्नु सौभाग्य भएको भन्दै महानगरका रुपमा प्राप्त काम, कर्तव्य र अधिकारलाई कर्मचारीले उच्च मनोवलका साथ पालना गर्नुपर्ने बताए । शुभारम्भका अवसरमा महानगरपालिकाले ३३ वटै वडाका वडा सचिवहरुको टुङ्गो समेत लागाएर काम गर्न निर्देशन पनि दिएको छ ।

अन्य कर्मचारीहरुको व्यवस्थापन, वडा केन्द्रको टुङ्गो लगायतका विषय क्रमिक व्यवस्थापन गर्ने गरि पहिलो चरणमा वडा सचिवहरुलाई खटाइएको कार्यकारी अधिकृत ढुङ्गानाले जानकारी दिए । जस अनुसार वडा नं १ मा महेन्द्र खवास, वडा नं २ मा यम बहादुर क्षेत्री, वडा नं ३ मा सविता तामाङ्ग, वडा नं ४ मा केशवराज कोइराला, वडा नं ५ मा कुम बहादुर तामाङ्ग, वडा नं ६ मा राजु बहादुर कोइराला, वडा नं ७ मा रमेश पौडेल, वडा नं ८ मा दिप बहादुर कोइराला, वडा नं ९ मा लोकदर्शन कोइराला, वडा नं १० मा नवराज थापा, वडा नं ११ मा सुर्यमोहन पौडेल, वडा नं १२ मा श्रीकान्त तिमिल्सिना, वडा नं १३ मा हर्क बहादुर कुँवर र वडा नं १४ मा अर्जुन प्रसाद पौडेल वडा सचिवका रुपमा खटिएका छन् ।

यस्तै, वडा नं १५ मा विष्णु प्रसाद लामिछाने, वडा नं १६ मा एक बहादुर बस्नेत, वडा नं १७ मा प्रजापती बराल, वडा नं १८ मा रुद्र प्रसाद बस्ताकोटी, वडा नं  १९ मा हरि प्रसाद अधिकारी, वडा नं   २० मा चेतराज आचार्यलाई वडा सचिवका रुपमा खटाइएको प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाले जानकारी दिए ।

 यसैगरि वडा नं २१ मा मुक्तिनाथ पोखरेल, वडा नं २२ मा रामप्रसाद पौडेल, वडा नं  २३ मा शेर बहादुर कुँवर, वडा नं २४ मा नारायण अधिकारी, वडा नं २५ मा इश्वरी प्रसाद बास्तोलाले वडा सचिवका रुपमा काम गर्ने जिम्मेवारी पाएका छन् ।

यस्तै, पोखरा लेखनाथ महानगरपालिकाको वडा नं २६ मा सावित्री बराल, वडा नं २७ मा लिलामणी भण्डारी, वडा नं २८ मा शोभाखर ढकाल, वडा नं २९ मा सावित्रा पौडेल, वडा नं ३० मा मीना भट्टराई भण्डारी, वडा नं ३१ मा रेशमलाल पौडेल, वडा नं ३२ मा जीवनाथ पराजुली र वडा नं ३३ मा विष्णु प्रसाद बराललाई वडा सचिवका रुपमा खटाएको प्रशासन महाशाखा प्रमुख कोइरालाले जानकारी दिए यसरी खटाइएका कर्मचारीहरु मध्य ५ जना निजामती र अन्य महानगरपालिकाका कर्मचारी हुन् ।

यसैविच, वडा सचिवका रुपमा खटिएका कर्मचारीलाई स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश २०७३ लाई महानगरपालिकाका महाशाखा प्रमुखहरुले जानकारी गराएका छन् । कार्यक्रमका विच महानगरपालिकाको सम्वन्धित वडाको बोर्ड, आधिकारिक छाप तथा स्ट्याम्प लगायतका आवश्यक सामाग्री वडा सचिवहरुलाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषदको फागुन २२ को निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानिय तह चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका सहित ७ सय ४४ स्थानिय तहको कार्यान्वयन भएको हो । नयाँ संरचना अनुसार कास्कीमा १ महानगरपालिका सहित ४ वटा गाउँपालिका बनेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल