2026-07-25 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

क्रान्तिकारी पत्रकार संगठन कास्कीद्धारा पत्रकारीता पुरस्कार स्थापना

चैत २, पोखरा |  क्रान्तिकारी पत्रकार संगठन, कास्कीले क्रान्तिकारी पत्रकारीता पुरस्कार स्थापना गरेको छ । देशभरका बिभिन्न स्थानमा रहेर जनपक्षिय पत्रकारीता गरेका पत्रकारहरुलाई प्रदान गर्ने उद्धेश्यले पुरस्कार स्थापना गरिएको संगठनका कास्की जिल्ला अध्यक्ष माधब पनेरुले जानकारी दिए ।

संगठनको जिल्ला समीतीको बैठकले २५ हजार ५ सय ५५ रुपैया तथा ताम्रपत्र सहितको पुरस्कार राशी भएको पत्रकारीता पुरस्कार स्थापना गर्ने र्निणय गरेको थियो । बिभिन्न समयमा नेपालमा भएका परितर्बनको पक्षका आन्दोलनहरुमा ज्यान गुमाएका शहिद पत्रकारहरुको स्मरणमा जनताको घरदैलोमा पुगेर चेतना फैलाउने र परिबर्तनको पक्षमा कलम चलाउने पत्रकारहरुको प्रोत्साहन तथा सम्मानका लागि पुरस्कार स्थापना गरिएको संगठनले जनाएको छ ।

कम्तीमा १० बर्ष पत्रकारीता गरेको पत्रकारले यो पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार बर्षको एक पटक बिषेश समारोहको आयोजना गरी प्रदान गरीनेछ । पुरस्कार बितरण तथा ब्यबस्थापन नियमावली र्निमाणका लागि पत्रकार महासंघ कास्कीका नि. बर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा कास्की जिल्ला अध्यक्ष माधब पनेरु र सचिव फणिन्द्र अधिकारी सदस्य रहेको निबयमावली र्निमाण समितीले दिएको पुरस्कार बितरण संबन्धी निर्देशीका पनि तयार भएको संयोजक राजेन्द्र अधिकारीले जानकारी दिए ।

अब छिट्टै पुरस्कार बितरणका लागि प्रतिभा छनौट समीती गठन गरीने पनि जनाईएको छ ।  पुरस्कार बितरणको लागि राजेन्द्र अधिकारीको संयोजकत्वमा पुरस्कार अक्षयकोष निर्माण समिति  पनि बनाइएको छ । समितिले पुरस्कारका लागि सबैमा सहयोगका लागि अपिल गरेको संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ