2026-07-25 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममै पहिलो पटक १२ हप्ता बढीको सुरक्षित गर्भपतन सेवा

पूर्ण बहादुर खड्का/चैत ३, अछाम । अछाम जिल्लाको बयालपाटा अस्पतालमा १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । 

सुदूरपश्चिमको सेती अञ्चल अस्पताल धनगढीले मात्र यस अघि यो सेवा दिईरहेकोमा बयालपाटा अस्पताल अछाममा पनि पहिलो पटक यो सेवा सुरु भएको हो । अस्पतालका डा. विकास गौचनले आई पास नेपालको सहयोगमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा संचालित १२ हप्ता भन्दा बढीको गर्भपतन सेवा सम्बन्धि तालिम लिएर सुचिकृत स्वास्थ्यकर्मी भएसंगै अब यो सेवा बयालपाटा अस्पतालमा सुरु गरिएको अस्पताले जनाएको छ ।

१२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा अछाम जिल्लामा  संचालनमा आएसंगै अछाम लगायतका छिमेकी जिल्लाहरुका बिरामीले सेवा लिन सहज भएको हो । असुरक्षित गर्भपतनको कारणले अछाम जिल्ला सहित सुदूरपश्चमका पहाडी जिल्लाका महिलाहरुले अकालमै गुमाउन परीरहेको थियो अब अछाममै १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु भएपछि यस क्षेत्रका महिलाहरुलाई ठुलो राहत हुने अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भएको छ ।

सेवा सुरु भएपछि अछाम, बाजुरा लगायताका महिलाहरुले हजारौ तिरेर यस्तो सेवा लिन धनगढी वा भारत जानु पर्ने बाध्यता कम भएको अस्पतालका डाक्टर बिकाश गौचनले बताउनु भयो । उहाँले भन्नुभयो अछाममा सुरक्षित गर्भपतन सेवा पूर्ण रुपले निशुल्क भएसंगै गुणस्तरीय पनि हुने भएकोले अब अकालमा महिलाहरुले असुरक्षित गर्भपतनको कारणले ज्यान गुमाउनु पर्ने छैन ।

१२ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा अछाम जिल्लामा २०६० सालबाट सुरु भए पनि सेवा प्रदायकको नियमित उपस्थिति नहुदा बिक्रम सम्बत २०६६ साल बाट मात्र नियमित रुपमा जिल्ला अस्पताल र न्याय हेल्थ नेपालद्वारा संचालित बयालपाटा अस्पतालबाट सेवा प्रदान गर्न सुरु गरिएको थियो ।

१२ हप्तासम्मको लागि आवश्यक सुरक्षित गर्भपतन सेवा जिल्ला अस्पताल, बयालपाटा अस्पताल तथा दुई प्राथमिक स्वास्थ्य केन्द्रहरु कमलबजार र चौरमाडौँ सहति १० वटा स्वासथ्य चौकीहरुमा सम्पूर्ण रुपले निशुल्क उपलब्ध रहेको छ ।

नेपाल सरकारले आर्थिक बर्ष २०७३ र ७४ बाट सुरक्षित गर्भपतन सेवा सम्पूर्ण रुपले निशुल्क गर्ने निर्णय गरेसंगै अछाममा पनि यो सेवा निशुल्क रुपमा सुरु गरिएको हो । अझै पनि यो सेवा सहज रुपमा विभिन्न स्वास्थ्य संस्थाबाट पाउने जानकारी नहुदा धेरै महिलाहरुले महँगो शुल्क तिरेर निजि औसधि पसल तथा क्लिनिकहरुबाट औसधि खाएर अपूर्ण गर्भपतन भै धेरै रगत बग्ने समस्या लिएर अस्पतालल आउने गरेकाले सबैले समयमै स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सम्र्पक गर्नुपर्ने अस्पतालले आग्रह गरेको छ ।

नेपालमा १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन गर्ने सुचिकृत स्वास्थ्य संस्था सिमित मात्र भएकोले धेरैलाई यो सेवा लिन राजधानी नै धाउनु पर्ने बाध्यता छ । नेपालमा ७ प्रतिशत आमाहरुको ज्यान असुरक्षित गर्वपतनको कारणले गर्दा हुने गरेको छ भने विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारभर ४९ प्रतिशत महिलाहरु असुरक्षित गर्वपतन सेवा लिन बाध्य छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक