चैत ६, सिरहा | सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकम लिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ६, सिरहा | सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकम लिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने "/>
2026-09-11 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा निजी विद्यालयको मिलेमत्तोमा परीक्षा अमर्यादित (फोटो सहित)

चैत ६, सिरहा | सिरहामा आफ्नै विद्यालयका शिक्षकहरु निरीक्षक (गार्ड) मा बस्न नमानेको भन्दै केन्द्राध्यक्षहरुले निजी स्कूलहरुसँग रकम लिई तिनकै शिक्षकहरुलाई गार्डमा राख्ने गरेको पाइएको छ । 

सेन्टर खर्चको लागि सहयोग गर्ने र गार्ड बापतको रकम पनि नलिने शर्तमा केन्द्राध्यक्षहरुले निजी विद्यालयका शिक्षकलाई गार्ड गरेको बुझिएको छ । रामदुलारी उच्च मा.वि. कल्याणपुर जब्दीका केन्द्राध्यक्ष लालदेव साहले आफ्नै विद्यालयको शिक्षकलाई गार्ड नगराखी परीक्षामा सहभागी रहेका निजी विद्यालयको शिक्षकहरुलाई परीक्षाको गार्डमा राखेका हुन् । परीक्षा संचालन भईरहेको बेला एउटै परीक्षा कोठामा तीन चार जना गार्ड रहेको र फ्ल्यापबाटै विद्यार्थीले उत्तर सारिरहेको फोटो पत्रकारले खिच्न लाग्दा केन्द्राध्यक्ष साहले फोटो खिच्न समेत रोक लगाउनु भयो । उहाँले फोटो खिच्न दिने माथिको अनुमति छैन भन्दै फोटो खिच्न अवरोध गर्नु भयो । 

संचारकर्मीले परीक्षा निरीक्षकहरुको नामावली माग्दा समेत दिनु भएन । केन्द्राध्यक्ष साहले हामीले दिनुपर्ने ठाउँमा दिएको छौं तपाईहरुलाई दिन जरुरी छैन भन्दै संचारकर्मीहरुलाई परीक्षा केन्द्रमा धेरै समय नवस्न भन्दै बाहिर जान भन्नुभयो । उक्त परीक्षा केन्द्रमा जनता बनवाली उच्च मा.वि बर्छवा र स्वस्तिक पाठशाला मिर्चैयाको परीक्षा केन्द्र रहेको छ । यसैगरी, जनता मा.वि. कसहा, मोहन मा.वि. मिर्चैया, जनता बनवाली, जनसेवा उच्च मा.वि. बन्दिपुर परिक्षा केन्द्रहरुमा नीजि विद्यालयका शिक्षकहरु निरीक्षक रहेका छन् । 

निजी विद्यालयहरुले अरु नै विद्यालयको फर्जि परीचय पत्र बनाई गार्ड बस्ने गरेको छ । यता, जिल्ला शिक्षा अधिकारी अरविन्द्र लाल कर्णले आफ्नै विद्यालयका शिक्षक अपुग भए मात्र अरु विद्यालका शिक्षकले राख्ने निर्देशन दिएको बताउनु भयो । कुनै प्रलोभनमा परी परीक्षामा निजी विद्यालयका शिक्षकहरु निरीक्षक राखेको भए उनीहरुमाथि कार्वाही हुने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस