2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा एघार हजार बढीले गराए स्वास्थ्य बिमा

चैत २५, पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४४९ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् । 

गत पुस १२ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बिमा दर्ता प्रक्रिया सुरु गरेकामा आजसम्म दुई हजार ४८१ परिवार बिमामा आबद्ध भएका छन् । बिमा दर्ता गरेबापत समितिले रु ६५ लाख २१ हजार सङ्कलन गरेको छ । बिमा दर्ता भएका एक हजार ५७ जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु नौ लाख ६० हजार भुक्तानी गरिसकेको छ । 

गत वर्षको चैत २५ गतेदेखि कैलालीबाट सुरु भएको बिमा कार्यक्रम दोस्रो वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराईले बिमा दर्ता गरेका सदस्यले कास्कीका नौ सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ वटा विविध उपचार सेवा पाउने बताउनुभयो । 

बिमा दर्ता गराएका सदस्यलाई सेवा दिने स्वास्थ्य संस्थालाई समितिले एक्स–रे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेसिन उपलब्ध गराउने छ । जिल्लाका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडाबारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् । 

जिल्लामा हाल १०७ जना बिमा दर्ता सहयोगी एउटा महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । सो कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्ने परिवारको योगदानमा आधारित रहेको छ । प्रतिपाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० तथा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य रु ४२५ का दरले थप रकम बुझाउनुपर्ने छ । 

सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक रु ५० हजार रहेको छ भने पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिथप सदस्यबापत रु १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा रु एक लाखसम्म कायम गरिएको छ । 

हाल कास्कीलगायत अछाम, बागलुङ, बैतडी, इलाम, म्याग्दी, पाल्पा र कैलालीसहित आठ जिल्लामा उक्त कार्यक्रम सुरु भएको र चालु आवभित्र थप २५ जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता