२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपाली कांग्रेस डडेल्धुरा शुभकामना आदान प्रदान गर्न गाँउ पस्दैँ

२०७३, ५ बैशाख आईतवार ११:५१

बैशाख ५, डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले ग्रामिण क्षेत्र सम्म नँया बर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस डडेल्धुरा कार्य समितीको नियमित मासिक बैठकले नँया बर्ष आगमनको अवसरमा शुभकामना आदान प्रदान गर्न डडेल्धुराका विभिन्न ग्रामिण क्षेत्र सम्म पुग्ने निर्णय गरेको कार्यालय सचिव रामबहादुर बिष्टले जानकारी दिएका छन ।

छैटौ जिल्ला अधिवेशनका क्रममा नेतृत्वका लागी जिल्ला स्तरिय नेताहरुमा देखिएको गुटबन्दि, गाउदेखि जिल्ला स्तरमा भएको निवार्चन प्रकृयाका कारण संगठनमा परेको असर न्युन गर्दै पार्टी संगठनलाई सुदृढ र एकताबद्ध बनाउने उद्देश्यले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको जिल्ला सदस्य करुणाकर भट्टले बताएका छन ।

शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा जिल्ला सभापति कर्णबहादुर मल्ल लगायत कार्यसमिती पदाधिकारी, सदस्यहरुका साथै जिल्ला स्तरिय नेताहरु सहभागी हुने कांग्रेस डडेल्धुराले जनाएको छ । पहिलो चरणमा भित्रिमधेश क्षेत्रमा भोलि सोमवार देखि बुधवार सम्म शुभकामना आदन प्रदान गरिने छ ।

सोमवार आलिताल गाविस, मंगलवार पररशुराम नगरपालिकाको जोगबुढा र बुधवार परशुराम नगरपालिकाको शिर्षमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिने छ । बिहीवार डडेल्धुरा सदरमुकाममा सरकारी कार्यालयका प्रमुखहरु संग शुभकामना आदान प्रदान कार्याक्रमको आयोजना गरिने कांग्रेस डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी