राम नारायण पंडित/बैशाख  १६, सिरहा । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्याको गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । 

सिरहाको नरहा ३ खोरिया बस्ने भरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/बैशाख  १६, सिरहा । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्याको गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । 

सिरहाको नरहा ३ खोरिया बस्ने भरो"/>

2026-09-12 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई बर्षीय भतिजको हत्या आरोपमा काका पक्राउ

राम नारायण पंडित/बैशाख  १६, सिरहा । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्याको गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । 

सिरहाको नरहा ३ खोरिया बस्ने भरोसी यादवको दुई वर्षिय छोरा रमन यादबलाई हत्या गरेको आरोपमा भरोसीका सहोदर भाई २८ बर्षीय सुरेश यादबलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (र्डिसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

बुधबार साँझदेखि घरबाटै बेपत्ता भएका बालकको अपहरण भएको आशंका गरेपनि हत्या गरि खाल्डो खनि गाडिएको अबस्थामा शुक्रबार साँझ बालकको शब फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घर नजिक रहेको भाण्टाबारीमा घाटीरेटी हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा बालकको शब फेला परेको (डिएसपी) बज्राचार्यले बताए । 

प्रहरी र घर परिवार सम्भावित विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि बच्चा भेटिएको थिएन । तर शुक्रबार साँझ कुकुरले माटो खनेपछि गाउँमा दुर्गन्ध फैलिएपछि खोजतलाश गर्न लाग्दा बच्चा मृत अबस्थामा भेटिएको थियो । 

पक्राउ परेका सुरेशले आफुले भतिज रमनको हत्या गरेको स्विकार गरेको प्रहरीको भनाई रहेको छ । सुरेशको मानसिक संतुलन केहि अस्वस्थ्य रहेको समेत प्रहरीले बताए । पक्राउ परेका सुरेश उपर कर्तव्य अन्तर्गत मुद्धा चलाउने तयारी भईरहेको मिर्चैयाका (डिएसपी) बज्राचार्यले बताए । 

बालक हराएकै वेलादेखि अचेत अवस्थामा रहेका बालकका आमा २८ वर्षिय निराकुमारी यादव अहिलेसम्म वेहोस अवस्थामा नै रहेको छ । बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमग्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस