<p><img src="http://sajhasabal.com/uploads/posts/de18e5a4e573b5b2327cce52b1afcc071494508649.jpg" style="width: 590px; float: left;"><b>वैशाख २८, गुल्मी । </b>गुल्मीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ चार जना घाइते भएका छन् ।<br></p><p>सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाका लागि छुटेको जिप बिहीबार दुर्घटनामा परेको हो । लु १ च ६६८४ नम्बरको जिप इस्मा गाउँपालिका–४ स्थित दोहोलीमा दुर्घटना हुँदा त्यही ठाउँका स्थानीय बासिन्दा कल्पना गन्र्धवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । </p><p>दुर्घटनामा परी इस्मा गाउँपालिका–४ कै बाबुराम गन्धर्व, हुमकला विक, रुबी सुनार र सरस्वती अर्याल घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।</p>
