Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरीमा एक युवकको घाँटी रेटी हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ४, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर उत्तर नदी किनारमा शव फेला परेको हो ।

नाम, थर, वतन नखुलेको अन्दाजी २५/३० वर्षीय मधेसी मूलको पुरुष व्यक्तिको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

घटनाबारे जानकारी पाउनासाथ जिप्रका, महोत्तरीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेका छन् भने घटनाबारे विशेष अनुसन्धान भइरहेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको जिप्रका, महोत्तरीले जनाएको छ । रासस