पढ्न करिब 1 मिनेट लाग्छ

असार ८, पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको अर्चलबोटमा आज दिउँसो यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् ।

बेनीबाट काठमाडौँतर्फ आइरहेको वा५ख ९५०५ नंको बसले ग१२प ३८२७ नंको स्कुटरलाई ठक्कर दिएको र स्कुटरमा सवार स्याङ्जा पुतलीबजार घर भई माउन्ट अन्नपूर्ण क्याम्पसमा अध्ययनरत शिशिर थापा र रुपेश थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विन्ध्यवासिनी माध्यमिक विद्यालय वरपाटनमा परीक्षा दिएर कोठातिर फर्कंदै गर्दा उनीहरु सो दुर्घटनामा परेका हुन् ।

दुर्घटनापछि आक्रोशित विद्यार्थीले बसमा ढुङ्गामुढा गरी क्षति पु¥याइदिएका छन् । रासस