Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाहीमा पेस्तोल र लागू औषधसहित दुईजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २९, सर्लाही । प्रहरीले हतियार र लागू औषधसहित सर्लाहीको नवलपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ का ३५ वर्षका महम्मद रिजवान र हरिवन नगरपालिका– ३ का ३७ वर्षका कर्णबहादुर ब्लोन रहेका छन् ।

बा १६ च ३२४९ नम्बरको कारमा मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले जुटपानीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट गोली लोड गरिएको मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, एक वटा म्याग्जिन, १६ पिस लागू औषध नाइट्रोभेट ट्याब्लेट, ५९ हजार नेपाली रुपैँया, एक हजार भारतीय रुपैँया बरामद भएको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलार्इ लागूऔषध तथा हातहतियार खरखजाना मुद्दामा कारवाही प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी सिताराम रिजालले जानकारी दिनुभयो ।