2026-09-02 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा घर बनाउने पहिलो गुल्मेली खरेल खोलामा मृत फेला


प्रेम सुनार/साउन ३, गुल्मी । जापनमा ४ वटा रेस्टुरेण्टका सञ्चालक तथा जापनको जमिन नै किनेर घर बनाउने पहिलो गुल्मेली  ५५ वर्षिय भिमलाल खरेल जापानकै एक खोला किनारमा मृत फेला परेका छन् ।  

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७, साविकका रुपाकोट–९ दम्कुवा घर भएका हिजो विहान जापानको एक खोलामा मृत फेला जापनको प्रहरी श्रोतले जनाएको छ । 

जापानको टोकियास्थित मिनामीसेन्जु भन्ने शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा ब्राञ्च सञ्चालन गर्दै आएका खरेल अँस्ती साँझ जापनीज समय साढे आठ वजेतिर  घर नजिकैको  फुलवारी  रेष्टुरेण्टबाट अर्को  रेष्टुरेण्ट तर्फ जाँदै जाँदै गरेको उनका दाजु शेषकान्त खरेलले बताए ।  मृतककी श्रीमति हरिकला संग फोनबाट जानकारी ल्याए अनुसार त्यस साँझ साढे ९ वजेतिर उनको फोन बन्द भई सकेको थियो ।

राती अवेर सम्म नभेटिए पछि विहान प्रहरीलाई सुचित गर्दै त्यहाँको एक खोला किनारमा शव फेला परेको थियो । उनको मृत्यु रहस्यम रहेको त्यहाँको सम्पर्कमा रहेका दाजु शेषकान्त घरेलले  जानकारी दिए । 

उनले भने–‘  भाईको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज  पनि उनि संग नभए पछि एक जना ग्राहकको  पर्चिबाट शवको पहिचान भएको बताईएको छ । जापानको प्रहरीले सिसीटिभिको  माध्यमबाट उनको रहश्यमयमृत्युको अनुसन्धान गरी रहेको जानकारी  परिवारजनलाई दिएको छ । यो भन्दा बढि बोल्न सक्ने अवस्थामा छैनौं हामी ।’

मुम्वईको कोठी देखि जापानको निजी महल सम्मको यात्रा 

२२ वर्ष अघि देखि जापानमा बस्दै आएका खरेलको त्यस अघिको मजदुरीको कथा पनि आम सामन्य परिवारका नेपाली सहरकै थियो । 

करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दा गर्दै होटललाई लाईनको काम सिकेर जापान पुगेका थिए । त्यहाँ पुगेर  विभन्न मजदुरी गर्दा गर्दै खरेल पछि फुलवारी  रेष्टुरेण्ट सञ्चालन गर्न थाले त्यसलाई क्रमशः बृद्धि गर्दागर्दै  रेष्टुरेण्टको संख्या चर वटा पुराए । 

अन्ततः परिवारको दावि अनुसार जापानमा जमिन किनेर घर बनाउने पहिलो नेपालीका रुपमा ईतिहाँस रचे । परिवारको दावि वाहेक हामीले अरु जिल्लामा बुझ्न नसकेकोले उनलाई पहिलो गुल्मेली भन्न चाहेका हौं । किन कि हाल सम्म  घरको तला किनेर बसेका धेरै गुल्मेली पाईए पनि जमिन किनेरै घर बनाउने उनि बाहेक अरु गुल्मेली हाम्रो जानकारीमा आएका छैनन् । 

उनका दाजु शोषकान्तकै आँकलनमा उनले एक अर्व भन्दा बढि सम्पत्ति कमाएका छन् । 

जापानका आलिशान महल, महङ्गा महँङ्गा गाडी शानदार चार वटा रेष्टुरेण्ट, यता चितवनको घरतपुरमा दुई वटा आलिशान महल र थुप्रै जग्गा समेत किनेका छन् । यता गुल्मीको दम्कुवामा पनि उनले प्रशस्त खेत किनेका छन र घर पनि बनाएका छन् ।  यि सवै जोरिएको सम्पत्ती जोड्दा २२ वर्षे जापानी यात्रामा उनले एक अर्व भन्दा बढि कमाएको पाईएको उनका दाजु शोषकान्तले बताए । 

कमाएको केहि हिस्सा समाज सेवामा 

स्वर्गिय खरेल रुपाकोट र तुराङ्गका शैक्षिक   र अन्य सामाजिक क्षेत्रका सवै भन्दा ठुला दानविर भनेर चिनिदै आएका थिए । मजुवामा क्याम्पस स्थापना गर्न स्थानिय समाज सेवी जुटे । खरेलले तत्काल डेढ लाख उपलव्ध गराएर  खाता खोली दिए । 

नभन्दै उनको छिमेक मजुवामा मानका टिकाराम बहुमुखी क्याम्पस  स्थापना भएरै छाड्यो । केहि दिन अघि मात्र रुपाकोटकै दमकुवा शिवालय निर्माणका लागि उनले ५ लाख ५१ हजार सहयोग पठाएका थिए । रुपाकोटकै देवि देउराली मन्दिरमा धानयान्चल लगाउँदा पनि   उनले ५१ हजार पठाएका थिए ।

साविकका तुराङ्ग र रुपकोटका शैक्षिक संस्था, धार्मिक स्थान र असायहरुलाई उनले गरेको सहयोगको यहाँ उल्लेख गरी साध्य छैन् । स्वर्गिय खरेलकी श्रीमति हरिकला ,  २१ वर्षिय छोरा अर्जुन र ३ छोरीहरु जापनमै रहेका छन् ।  उनकी आमाको मृत्यु भई सकेको छ भने ९३ वर्षिय उनका पिता यति वेला पुत्र शोकले भाव्विहल रहेका छन् । स्वर्गिय खरेल हरेक दशैं घरै मनाउन आए झै यसपालीको दशैं मान्न आएका थिए भने फेरी माग महिनामा पनि गाउँमा आएका थिए ।

अरवौं सम्पत्तिका मालिक भए पनि उनि एउटा साधरण किशान मजदुर कै हैसियतबाट एक अर्का संग प्रस्तुत हुन्थे । जताततै घर भए पनि उनले गाउँको घर र खेती किशानी बढि मन पराउँदे उनका नजिकका आफन्त अस्लेवाका अर्जुन कनौजेका अनुसार उनले केहि समय पछि आफु पनि गाउँ फर्केर व्यवसायीक कृषि पेशा गर्ने सोंचमा थिए । 

अँस्ती साँझ श्रीमति हरिकला संग अर्को रेष्टुरेण्टमा जान्छु र छिट्टै आउँछु भनेका खरेलले साढे ९ वजे श्रीमतिको फोन उठाउन समेत पाएनन् । जापानमा परिवारजन मात्र नभई उनलाई चिन्नेहरु विच रुवावासी चलेको र यता परिवारजनले सोधेको जवाफ दिन समेत नसक्ने अवस्थामा रहेको उनका भाई  कृष्ण खरेलले बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली