पढ्न करिब 1 मिनेट लाग्छ

सरोज यादव/साउन ४, सर्लाही । सर्लाहीको बरहथवाबाट नेपाल बिधुत प्रधिकरण बरहथवा उपशाखाका एक कर्मचारीले सेवाग्राहीसंग घुस लिदै गर्दा अख्तियारको कार्यालय बर्दिबासको टोलिले घुस रकम सहित रंगेहात पक्राउ गरेको छ ।

गोडैता १ घर भई धर्मेन्द्र यादव हाल बिधुत प्राधिकरण बरहथवा उपसाखामा दुई वर्षदेखि कम्पुटर अपरेटरमा कार्यरत यादव थ्रीफेज बिजुलीको मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार घुस लिदालिदै कार्यकक्षबाट उनलाइ पक्राउ गरेको हो ।

बिधुत प्रधिकरण बरहथवा उपशाखाका कर्मचारीहरुले बिधुतको मिटर जडान गर्दा ग्रहकसँग बेलाबेलामा २ हजार देखी २५ सय सम्म खुलेआम घुस लिने गरेको उपभोक्ताले गुनासो गरेका छन ।

उनीहरुले बिजुलीको ट्रांसफार्मर बिग्रीदा च्यानल मिलाएर लाखौ रुपैयाको घुस लिने गरेको उपभोक्ताले बताएका छन । यादवलाई थप अनुसन्धानका लागि अख्तियारको सम्पर्क कार्यालय बर्दिवास लगिएको छ।