Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा ८ वर्षिय वालिकालाई बलत्कार गरि फरार अभियुक्त पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सरोज यादव । श्रावण ०४, सर्लाही ।</b> असार १५ गते गाँउकै एक ८ वर्षिया वालिकालाई बलात्कार गरी फरार रहेका सर्लाही पत्थरकोटका &nbsp;ज्ञानबहादुर रुम्बा २० दिन पछि हिजो मङलवार ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ ।</p><p>गएको असार १५ गते लालबन्दी नगरपालिका १० पत्थरकोटका ज्ञानबाहादुर रुम्बाले सोहि स्थान बस्ने ८ वर्षिया बालिकालाई जबरजस्ती गरेर बलात्कार गरि फरार भएका थिए ।</p><p>२० दिन अगाडिकै घट्ना भएपनि प्रहरीले अभियुक्तलाई पक्राउन गर्न सकेको थिएन । अभियुक्तलाई हिजो मात्रै पक्राउ गरेको हो । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।</p>