साउन ५, अछाम | स्वास्थ्य बिमालाई प्रभाकारी बनाउन आ आफ्नो क्षेत्रबाट सकरात्मक भुमिका खेल्ने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन ।

जिल्लामा स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, अछाम | स्वास्थ्य बिमालाई प्रभाकारी बनाउन आ आफ्नो क्षेत्रबाट सकरात्मक भुमिका खेल्ने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन ।

जिल्लामा स्व"/>

2026-08-29 02:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन पहल गरिने

साउन ५, अछाम | स्वास्थ्य बिमालाई प्रभाकारी बनाउन आ आफ्नो क्षेत्रबाट सकरात्मक भुमिका खेल्ने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन ।

जिल्लामा स्वास्थ्य बिमा क्रमश प्रभावकारी बन्दै गईरहेका बेला थप सुदृढ पार्न यस्तो प्रतिबद्धता जनाएका हुन । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको समन्वयमा आज भएको एक छलफलमा स्वास्थ्य बिमा कार्यक्रममा सबै जनतालाई सहभागी गराई समग्र स्वास्थ्य स्थितीमा सुधार ल्याउन पहल गर्ने सरोकारवालाले बताएका छन ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कवँरले साँफेबगर नगरपालिका भित्रका सबै जनप्रतिनिधीलाई स्वास्थ्य बिमा गर्न लगाई आफैबाट सुरु गर्ने प्रतिबद्धता जनाएका छन । यस क्षेत्रका सबै जनप्रतिनिधी, बुद्धिजिवी, शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीबाट पहिलो पटक स्वास्थ्य बिमा सुरु गर्न लगाउने तब मात्र सर्वसाधारण जनताले बिमा गर्ने बताएका हुन ।  

सामाजिक स्वास्थ्य विकास समिती अन्र्तगतको संचालन भईरहेको स्वास्थ्य बिमाले सबै जनताको स्वास्थ्य नै सुधार गर्न मद्धत पुग्ने भएकाले बिमा कार्यक्रम अनिवार्य जस्ते बनाउनु समेत नगर प्रमुख कुवँरलले बताउनु भएको छ ।

अछाम जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गईरहेको र सबै जनतामा पुहँच पुर्याउनका लागी स्वास्थ्य क्षेत्रबाट पनि सहयोग आवश्यक रहेको अछामका लागी स्वास्थ्य बिमाका दर्ता अधिकारी प्रेम बुढाले बताउनु भयो ।

स्वास्थ्य विमा कार्यक्रमले विकट तथा ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यमा पहँचु पुग्ने भन्दै कार्यक्रमलाई प्रभावकारी बनाउन समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम गरिने सामुदायिक स्वास्थ्य कार्यक्रमका अछाम निर्देशक लालबहादुर कुवँरले बताउनु भयो ।

आम नागरिक बिरामी पर्दा यस कार्यक्रमले आर्थिक सुरक्षा प्रदान गर्ने र स्थानिय स्तरमा उपचार हुन नसक्दा बाहिर रेफर गरि बिमाबाट लाभ लिन सकिने भएकाले बिमा गर्न अनिवार्य जस्तै भएको अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो ।

एक पटक बिमा गरेपछि बर्षमा ५० हजार सम्मको स्वास्थ्य उपचार बिरामीले निशुल्क पाउने र स्थानिय स्तरमा उपचार सम्भब नभए बिमा गरेका व्यक्तीले शिक्षण अस्पताल महाराजगंज, सहिद गंगालाल ह्द्धय रोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, बिर अस्पताल लगायतका ठाँउबाट समेत सेवा लिन सकिने भएको छ । 

स्वास्थ्य बिमालाई प्रभाकारी बनाउन जिल्लामा सरोकारवालाका बिच अन्र्तक्रिया कार्यक्रम गर्न आवश्यक रहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक झपट ढुंगानाले स्वास्थ्य बिमाका बारेमा जानकारी गराउनुपर्नेमा जोड निदुभयो ।

अछाम जिल्लामा पुष महिना यता कार्यक्रम सुरु भएपछि १७ सय ४१ जनाले स्वास्थ्य बिमा गरेका र त्यस मध्ये एक सय भन्दा बढी सेवा समेत लिईसकेका छलफलमा जानकारी गराईएको थियो ।

स्वास्थ्य बिमा कार्यक्रम पहिलो चरणमा कैलाली, बाग्लुगं र ईलाममा सुरु गरिएको थियो भने हाल दोश्रो चरण अन्र्तगत नेपालका २५ जिल्लामा बिमा कार्यक्रम सुरु गरिएको यस कार्यक्रमका दर्ता अधिकारी प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।

राष्टिय स्वास्थ्य बिमा निति २०७१ अनुसार यस कायक्रमले नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्नु यस कार्यक्रमको दिर्घकालिन लक्ष्य रहेको बताईएको छ । गुणस्तरिय स्वास्थ्य सेवाको पहँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागी स्वास्थ्य सेवा सुनिश्चित गर्नु यस नितिको मुख्य उदेश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो