प्रेम सुनार/साउन ६, गुल्मी । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ६, गुल्मी । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष "/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्ग दलित कुट्ने वडाध्यक्ष १३ हजार तिरेर रिहा

२०७४, ६ श्रावण शुक्रबार ०८:४९


प्रेम सुनार/साउन ६, गुल्मी । गाउँ कार्यालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर रिहा भएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका एमालेबाट निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेका थिए ।

त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको छलफलमा ठुलो समुहले दलित भएर दलितको ठाउँमा बस्नु प¥यो , मुख सम्हाल्नु प¥यो भनेर हप्काएको र पिटाई खाने दलितले बढि बोलेको भन्दै माफी समेत मगाएको बुझिएको छ ।

छलफलमा सहभागी एक दलित अगुवाले भने –‘ घाईते बिक गाउँमा अरु संग पनि बढि बोल्ने गरेको आवाज लिएर धेरै जना ओईरिएका थिए , नव निर्वाचित वडाध्क्षको पार्टी विरुद्ध चुनावताका पनि नारावाजी गरेको भन्ने सुनियो, मुख सम्हाल्नु पर्ने दवाव पनि बढि आयो त्यसैले कुटपिट पछि उनि वुटवल सम्म जातेआते गरेको र उपचार खर्च जोडेर १३ हजार ७ सय १० पिडित लाई दिलाउने र एक महिना पछि थप उपचारको जिम्मा समेत वडाध्यक्ष पुनले लिनु पर्ने सहमति गरिएको हो, ठुलो समुहका सामु हाम्रो केहि लागेन् ।’

यस सम्वन्धमा जिज्ञाषा राख्दा चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले त्यस्तो सहमति भएको तर मिलापत्र अझै नभएको बताए । पिडित बिकले पनि अव बढि नबोल्ने, पिडक वडाध्यक्षले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमयाचन गरेको उनले बताए ।

यस घटनाका सम्वन्धमा त्यस भेगका दलितहरुले चिन्ता व्यक्त गरेका छन् । 

अव आफैले जिताएका वडाध्यक्षले नै दलितहरुलाई कुटपिट गर्ने र पैसा तिरेर उम्कीने हो भने अरु सर्वसाधरणबाट कुटिदा त झन गुहार नै नपाउने हो कि भन्ने चिन्दा बढेको त्यहाँका दलितहरुको चिन्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी