2026-09-01 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङमा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ घाइते (नामावलीसहित)


प्रेम सुनार/साउन ९, गुल्मी । छिमेकी जिल्ला बागलुङको बडीगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा केहि समय अघि ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ । जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको थियो ।

मृत्यूहुने हरुमा वडीगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं। ८ सिमाकका मुक्त पाइजा, वडा नं। ८ रणसिंह का नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेका छन् । तुलबहादुर पुन त्यसका चालक हुन् । 

त्यस्तै बडीगाड वडा नं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं। ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानका दिपशिखा पाइजाको अवस्था गम्भिर रहेको छ भने वडा नं। ८ कै बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आएका भिम वहादुर श्रीस घाइते भएका छन् ।

बडीगाड गाउपालिकाको बादिपमा पीकअप जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ को अवस्था गम्भीर रहेको घटना स्थथलमा पुगेका खारा प्रहरी चौकीका असई विष्णु लम्सालले बताए । भिर एकदमै अफ्ठ्यारो भएका कारण खरको गाँज समाउँदै शव खोज्ने र घाईतेको उद्धारमा जुटिएको उनले जानकारी दिए । 

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ । घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको छ। गाडिका मालिक मन वहादुर पुनले ढुँगा ओट राखि रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको प्रत्यक्षदर्शिले वताएका छन् ।

घाईतेहरुको उद्धारका लागि हेलिकोप्टर झिकाउन प्रमुख जिल्ला अधिकारी संग कुरा भैरहेको बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले  बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली