2026-09-02 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीका यमहादुर श्रीस मृत्यु प्रकरण: घटना किन गुपचुप ?


प्रेम सुनार/साउन ११, गुल्मी । गुल्मीको एक गाउँपालिकामा जंगलमा मृत फेला परेका एक युवाको घटना छायाँमा पर्दै आएको छ ।  

नेपाली कांग्रेसका एक जना वडाध्यक्षका उमेदवारका छोराको जन्म दिनको रात्रीभोजमा राती १२ वजेसम्म  देखिएका र त्यसको दुई दिन पछि त्यसै स्थल नजिकै जंगलमा मृत फेला परेका मालिका गाउँपालिका वडा नम्वर–१ का १७ वार्षिय यमहादुर श्रीसको मृत्यु घटना  गुपचाप भएको हो ।

घटना यसरी सुरु हुन्छ

साविका नेटा गाविस ,हालको वडा नम्वर–१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उमेदवार ईन्द्रबहादुर घर्तिका छोरा  निराज घर्तिको जन्म दिनको पार्टी मनाउँने तयारीमा असार ८  गते दिउँसै देखि भ्याई नम्याई थियो । पिता उमेदवार घर्तिलाई घरमा आएर एक गास खान खाने फुर्सद समेत थिएन् ।

चुनावी प्रचारको अनितम समयमा आई पुग्दा दिनमा  पार्टी गर्ने फुर्सद पनि नभएकोले होला छोरा निरजले त्यस दिन राती घर देखि माथी तिखेचुली लेकको  एक्लो जंगलमा रात्री भोजको आयोजना गरे ।

राती साढे १० वजेको समयमा कसैले हातमा साउण्ड सिस्टम , कसैले मादल बोक्दै त कसैले  मदिरा र खुखराको मासु बोकेर झण्डै दुई दर्जनको संख्यामा  युवा युवतीहरु  एकआपसमा जिस्कीदै र चुनावी गफ गर्दैं उकालो लागेका थिए ।

छ सात  जना युवती र दर्जन भन्दा बढि युवाहरु सहित त्यस तिखेचुली जंगलमा विहानपख सम्म डान्स पार्टी समेत चलेको त्यसै पार्टीमा सहभागी युवाहरु मध्येका एक साजन श्रीस्ले बताए । यमबहादुर श्रीस्लाई त्यस राती कति वजे सम्म देख्नु भएको थियो ?  भन्ने प्रश्नमा उनले भने–‘ राती साढे १२ वजे सम्म देखेको थियौं , त्यस पछि कता गयो थाह भएन् । ’

उनले  सहभागी मध्ये केहि विहानपख मात्रै घरतिर लागेको र कोही १२ बजे पछि तितरवितर भएकोले को कहाँ गयो ? भन्ने कुरा हेक्का राख्न नसकिएको बताए ।

त्यहाँ पुग्ने युवतीहरुले पनि यमबहादुरलाई त्यो समय सम्म देखे ÷ नाचेको त्यस पछि थाह नभएको जानकारी दिए ।  वाईसियल कार्यकर्ता श्रीस् असार ८ गते सम्म माओवादी  केन्द्रका वडाध्यक्ष उमेदवार जितबहादुर सुनारको चुनावी प्रचारमा हिड्ने गरेको सो पार्टीले जनाएको छ ।   

घटना स्थलको प्रकृति

प्रत्यक्षदशीका अनुासार मृतको पाईन्ट यथास्थान भन्दा धेरै तल झरेको थियो । माथी समथल स्थान देखि कहालिलाग्दो पहराको दुई सय मिटर तल  उनको शव भेटिएको थियो । माथीबाट रुखको हाँगा भाँच्चीदै खसे जस्तो , ढाडमा चोट समेत भएको बताईएको छ । घटना स्लल र वाहिर निकाल्दाको तस्वीर समेत प्रहरी वाहेक स्थानिय संग भेटिएको छैन् । झुण्डीएर आत्मा हत्या गरेका तस्वीर समेत फेशवुकमा छ्यासछस्ती राख्ने यो जमना उनको   भने कमै देखिएको बताउँ छन् स्थानियवासी ।

आशंकको विउःपोष्टमार्टम नगर्नु

घटना स्थल करिव एक घण्टाको दुरीमा पर्ने पौदीअमराई प्रहरी चौकीले पोष्टमार्टमका लागि सदरमुकाम तम्घास लैजाने चासो नदेखाए पछि श्रीस्को मृत्यु घटनाले आशंका उत्पन्न गरेको हो ।

घटना स्थल भन्दा करिव एक घण्टाको दुरीमा रहेको पौदीअमराई प्रहरी चौकीका प्रमुख राजकुमार यादवका अनुसार मृतकका पिता खड्कबहादुर श्रीस्ले आफु संग मृतक छोराको पोष्टमार्टम गर्न सदरमुकाम तम्घास लैजाने खर्च नभएको  र उनले कुनै आशंका पनि नगरेर  दाहसंस्कार गर्न मञ्जुरी जनाएका कारण पोष्टमार्टम गर्न नल्याईको हो ।

उनका वुवाले पनि पोष्टमार्टम गर्न नलैजाउँ भनेको र आफुहरुलाई पनि आशंका नलागेर उनिहरुलाई कागज गराई शव बुझाईएको हो , यादवले केहि दिन अघिको फोनमा भनेका थिए –‘ त्यस्तो केहि देखिएन ।’

तर आज यो समाचार लेख्दा लेख्दै  समाचार  फोन गरेर उक्त विषयबारे बोल्न भने आग्रह गर्दा  भने उनले आफु नबोल्ने भन्दै फोन राखे । यता निमित्त जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेका र प्रवत्ता समेत रहेका डिएसपी महेन्द्र नेपाल पनि यस विषयमा आफु नबोल्ने बताए ।

उनले भने–‘ यो विषयमा म बोल्दीँन , एसपीसाव घर  जानु भएको छ , उहाँ आएर मात्रै बोल्नु होला । ’

मचुल्कामा दलहरुलाई खवर नगर्नु

स्थानिय राजनैतिक दलका प्रतिनिधीहरुका अनुसार यस्तो घटनामा प्रहरीले त्यहाँका राजनैतिक दलहरुलाई मुचुल्का तयार गर्ने बेलामा बोलाएको थिएन् । माओवादी केनद्रका  प्रतिनिधी तथा वडाध्यक्षका उमेदवार जितबहादुर सुनारले आफुहरुलाई प्रहरीले नवोलाएको र यस्तो घटनालाई पोष्टमार्टम गर्न लैजानु पर्ने बताए ।

एमालेका वडाध्यक्ष उमेदवार अमरसिंह पुनले पनि आफुहरुलाई जानकारी नै नदिई शव परिवारजनलाई बुझाईएको भन्दे दुख व्यक्त गरे । त्यति वेला सवै दलका मानिसहरु चुनावी चटारोमा भएकोले पनि उनको मृत्यु घटना छायाँमा परेको हुन सक्ने पुनको भनाई छ ।

नेपाली काग्रेसका उमेदवार तथा  नवनिर्वाचित वडाध्यक्ष ईन्द्रबहादुर घर्तिले मृतकका पिताले नै मेरा छोराको वानी–व्यवहार नै त्यस्तै थियो र म¥यो , पर्दैन पोष्टमार्टम गर्न लैजान भनेर प्रहरी संग हात जोडेका कारण होला   सायद प्रहरीले पोष्टमार्टम गर्न नलगेको भन्ने प्रतिकृया दिए ।

उनले त्यस रात आफ्ना छोरा निरजको जन्म दिन भएको र  उनि  आफैले त्यस स्थानमा पार्टी गरेको बताउँदै त्यस भोज र उनको मृत्यु घटना संग कुनै सम्वन्ध नरहने बताए ।  

रात्री भोजमा वेपर्वाहा मदिरा

त्यस पार्टीमा सहभागीका अनुसार सुरुमै तिन कार्टुन वियर, दुई वोदल उच्च व्राण्डको मदिरा र दुई तिन वटा खुखराको मासु लगिएको थियो । पछि थपियो थपिएन ? भन्नेवारे धेरैले अनविज्ञता जनाए । कतिपय युवा युवतीहरु विहानपख सम्म झुमे थिए । एक आपसमा  गाउने नाच्ने गरेर झुमेकाहरुले को कहाँ गयो मतलव नै गरेनन् ।

भोजमा जिम्मेवार मान्छे पनि थिए

 त्यस भोजमा अल्लारे युवा युवती मात्रै थिएनन् । नेटा  स्वास्थ्य चौकीका अहेवा सञ्जीव, शिक्षक विरबहादुर श्रीस्, डोजर अपरेटर लगायतका पाका र जिम्मेवार व्यक्तिहरु पनि थिए । स्थानियका अनुसार ति सवै काग्रेस समर्थक थिए ।

यस कारणले पोष्मार्टम जरुरी

अघिल्लो राती त्यही स्थानको पार्टीमा यमबहादुर श्रीस्  देखा पर्नु र त्यसै स्थान नजिकै उनको शव फेला पर्नुले पनि प्रहरीका लागि अनुसन्धानको विषय बन्नु पर्ने त्यहाँका धेरैको धारण छ ।

प्रहरीको कर्तव्य कतै यस्तो पनि

स्मरण रहोस त्यसै चुनाव ताका असार ३ गतेका दिन वामीटक्सारको रुद्रवती वहुमुखी क्याम्पस प्रङ्गाण भित्र सुतेको सतै अवस्थामा क्याम्पसको भवन निमार्ण गर्ने एक जना मजदुर मृतक फेला परेका थिए ।

वाग्लुङ्ग दुर्गम गाउँका उनका परिवार र आफन्तजनले कालगतिले मरेका हुन् , उनि विरामी पनि थिए हामी शव बुझ्छौं , पोष्टमार्टम गर्न लैजाने हामी संग पैसा भने छैन भन्दै हात जोड्दा पनि त्यहाँको प्रहरीले पोष्टमार्टम नगरी हुँदैन भनेर शव सदरमुकाम ल्याएको थियो ।

श्रीस् मृत्यु घटनामा भने यस्तो

तर त्यस्तो आशंका गर्ने घटना  देखिएको श्रीस्को शव भने उतै परिवारलाई कागजमा हस्ताक्षर गरेर बुझाउनुले छानविनको विषय बनेको छ । गोप्य विश्वस्त श्रोतका अनुसार जिल्लामा यो घटना गुपचुप हुने देखेर मृतका छिमेकीहरुले लुम्विनी अञ्चल  प्रहरी कार्यालयमा बेनामी उजुरी दिएका छन् ।

त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा पनि पत्र आएको जनाईएको छ । प्रहरीले  त्यहाँका विभिन्न पक्षलाई बोलाएर पनि सोध्ने काम गरिरहेको छ । यस घटना चुनावको मौनअवधी सुरु हुनै लाग्दा भएकोले सञ्चार माध्यमबाट समेत छायाँमा परेको हो ।  

तस्वीरः मृतक यमबहादुर श्रीस् त्यसको घटनाका दुई दिन अघि माओवादी केन्द्रको चुनावी प्रचारका क्रममा तस्वीर खिचाउँदै 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली