साउन १२, अछाम  । जुनसुकै सार्वजनिक निकायवाट पनि सहि समयमा सहि सूचना पाउनु नागरिकको अधिकार भएको र सूचना दिनु सम्वन्धित निकायको दायित्व भएको एक कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, अछाम  । जुनसुकै सार्वजनिक निकायवाट पनि सहि समयमा सहि सूचना पाउनु नागरिकको अधिकार भएको र सूचना दिनु सम्वन्धित निकायको दायित्व भएको एक कार्यक्रम"/>

२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सहि सूचना सहि समयमा पाउनु नागरिकको अधिकार हो: सरोकारवाला

२०७४, १२ श्रावण बिहीबार १२:१८


साउन १२, अछाम  । जुनसुकै सार्वजनिक निकायवाट पनि सहि समयमा सहि सूचना पाउनु नागरिकको अधिकार भएको र सूचना दिनु सम्वन्धित निकायको दायित्व भएको एक कार्यक्रमका सहभागीले बताएका छन । 

पत्रकार महाँसंघ अछामद्धारा आयोजीत सूचनाको हकको संरक्षण विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन । जिल्लामा पछिल्लो समय सूचना लिने र दिने कार्यको सकारात्मक अभ्याँस भईरहेको भन्दै अन्र्तक्रियाका सहभागीहरुले सूचना लुकाउने प्रबृति अपराध शिद्ध कुरा भएकोमा जोड दिएका हुन । 

कार्यक्रममा प्रमुख अतिथीको आशनवाट बोल्दै अछामका निमित्त प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाले जो सुकैले पनि समयमै सहि सूचना नपाए भयानक स्थिती समेत श्रृजना हुने भन्दै दैनीक जीवनमा सूचना आदान प्रदान नै सबैभन्दा महत्वपूर्ण कडी भएको बताउनुभयो । 

मान्छेले दैनीकीको ७० प्रतिशत समय सूचना संकलनमै बेतित गर्ने गरेको भन्दै उहाँले अपुष्ट सूचनाले मान्छेलाई तड्पाउने गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले सूचना भन्ने कुरा संवेदनशिल विषय भएको भन्दै जुनसुकै सरोकारवालाले पनि जनतालाई यथार्त सूचना दिनेकुरा उनिहरुको दायित्वभित्र पर्ने बताँउनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य बम बहादुर रावतले पनि सहि सूचना मार्फत सहि ढंगले काम कार्य अगि बढेमात्र समग्र विकास र लोकतन्त्र संस्थागत गर्न सम्भव हुने बताँउनुभयो । 

पत्रकार महाँसंघ अछामका कार्यवाहक अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा जनप्रतिनिधीको तर्फवाट मंगलसेन नगरपालिका वडानम्वर ६ का वडा अध्यक्ष जनकराज भण्डारीले मन्तब्य राख्नुभएको थियो भने वडानम्वर ५ का अध्यक्ष हरिप्रसाद ढुंगाना, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक वकिल बहादुर सिंह, जिल्ला भू संरक्षण कार्यालयका कार्यालय प्रमुख हिमालय साउद, जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी बीपी खनाल, जिल्ला वन कार्यालयका विकास शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका भूमिनन्द ढुंगाना, मंगलसेन नगरपालिकाका नरेश बहादुर कठायत, जिल्ला अदालत अछामका मिन बहादुर धामी, जिल्ला समन्वय समितीका बिनोद खड्का लागतयतका अतिथी रहनुभएको थियो । 


पत्रकार महाँसंघ अछामका पदाधिकारी, केन्द्रिय तथा प्रदेश पार्सदहरु र जिल्ला स्थित सञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको उक्त अन्र्तक्रिया कार्यक्रममा सूचनाको हक विषयक कार्यपत्र र सूचना लिने दिने सवालमा अछाम जिल्लाको अवस्थाका विषयमा पत्रकार शिवराज खत्रीले प्रस्तुतीकरण राख्नुभएको थियो । 

नेपाल पत्रकार महाँसंघ केन्द्रिय समितीको समन्वय र राष्ट्रिय सूचना आयोगको सहयोगमा सञ्चालन भएको अन्र्तक्रिया कार्यक्रममा महाँसंघका उपाध्यक्ष गीता कुवरले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन सचिव होम बहादुर साउदले गर्नुभएको थियो ।

पत्रकार महाँसंघको बैठक पनि सम्पन्न

नेपाल पत्रकार महाँसंघ जिल्ला शाखा अछामको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । कार्यवाहक अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको बैठकले बिभिन्न निर्णय समेत पारित गरेको छ । 

बैठक मार्फत महाँसंघले आयोजना गरेको सूचनाको हकको कार्यान्वयन विषयक अन्र्तक्रियामा सहभागी निमित्त प्रमुख जिल्ला अधिकारी सहित राजनीतिक दलका प्रमुख प्रतिनिधी, सरकारी तथा गैर सरकारी निकायका प्रमुख प्रतिनिधी, अनर्तक्रियाको लागि समन्वयकर्ता पत्रकार महाँसंघ केन्द्रिय समिती र सहयोग गर्ने निकाय राष्ट्रिय सूचना आयोगलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ । 

यस्तै बैठकले महाँसंघको आसन्न केन्द्रिय महाँदिवेशन सफल पार्न र सहभागी बन्नका लागि सबै केन्द्रिय पार्सदहरुलाई सूचित गर्ने र कार्यालय ब्यावस्थापन गर्ने तथा जिल्ला शाखाको बैठक प्रत्येक २ महिनाको एकपटक अनिवार्य गर्ने निर्णय समेत गरिएको छ । बैठकमा पत्रकार महाँसंघका पदाधिकारी, पासर्द लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो