साउन १४, सर्लाही । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी र गाडी चालकसहित तीन जना पक्राउ परेका छन् । सुवेदीको साथबाट ६ लाख ९५ हजार रुपैयाँ बरामद समेत भएको छ

सुवेदी चितवनको भरतपुर महानगरपालिका- ८ शरदपुरका बासिन्दा हुन् । उनीमाथि बिभिन्न व्यक्तिहरुबाट अवैधरुपमा रकम लिएको आरोप लागेको छ ।

सुवेदी ५० लाख रुपैयाँसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी चढेर चितवन आएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवन प्रहरीलाई दिएको थियो ।

सोही सूचनाको आधारमा गाडी रोकेर जाँच गर्दा सुवेदीको साथबाट रकम बरामद भएको थापाले बताए । दिउँसो साढे १२ बजेतिर प्रक्राउ परेका सुवेदीलाई चितवन प्रहरीले दिउँसो ३ बजेतिर अख्तियारको टोलीको जिम्मा लगाएको छ ।

July 29, 2017
समाज, सर्लाही - SLH
सर्लाहीका जिल्ला शिक्षा अधिकारी सात लाख रुपैयाँसहित पक्राउ
By kit
3 मिनेट पढाइ