2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

कालीदेवी प्राथमिक विद्यालय काभ्रेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका-३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई ‘हिगाडग नेपाल’ले शैक्षिक साामग्री वितरण गरेको छ ।

एक कार्यक्रमका बीच ‘हिगाडग नेपाल’का अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात लामाले जानकारी दिए ।

शैक्षिक सामग्री हस्तान्तरणमा पूर्व मिस तामाङहरु सफलता थिङ, रिया लामा, मिस तामाङ २०२४ का फस्ट रनर अप स्मृति योञ्जन तामाङ, कलाकार दिलिप तामाङ ‘हुरहुरे’ लगायत उपस्थित थिए । संस्थाका सचिव ज्वाला लाल तामाङका अनुसार विद्यालयको शैक्षिक सुधारका लागि टेवा पुर्याउने हेतुले संस्थाले विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो । वडाध्यक्ष विष्णु बहादुर तामाङले आफ्नो वडामा शैक्षिक सामग्री हस्तान्तरण गरी विद्यालयको शैक्षिक सुधारमा इँटा थप्न सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिए ।

विद्यालयकी प्रधानाध्यापक उर्मिला कार्कीले विद्यालयले प्राप्त गरेको शैक्षिक सामग्रीका कारण पठनपाठन र शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘हाम्रो विद्यालयका निम्ति ‘हिगाडग नेपाल’ले गरेको यो सहयोग महत्वको छ, म संस्थालाई धन्यवाद भन्न चाहन्छु, यो सहयोगले हाम्रो विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि पक्कै मद्दत पुग्छ ।’

शैक्षिक सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मध्वज तामाङसहित व्यवस्थापन समितिका अन्य सदस्य, शिक्षक र अभिभावकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक