2026-09-02 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९ महिनाको सन्तान छाडेर आमा टाप कसेपछि…

प्रेम सुनार/साउन १८, गुल्मी । गुल्मीको दर्लामचौर गाउँमा गत  चार दिनदेखि नौ महिनाको दुधे वालक आमाले छाडेर अन्यत्रै टाप कसेपछि ति वालक र अन्य दुई नावालकहरु  विचल्लीमा परेका छन् ।  

ईस्मागाउँपालिका वडा नम्वर ३ , दर्लामचौर सिमपानीका  वावुराम घर्ति ९ थापा ० की ३० वार्षिया  श्रीमति बिना घर्ति रोका साउन–१५ गते विहान देखि घरबाट हिडेर सम्पर्कविहिन बनेपछि उनको ९ महिनाका सन्तान चौविसै घण्टा हामा खोजेर रोई रहेका छन् भन्ने दुई नावालकहरु पनि विचल्लीमा परेका छन् ।

उनि घरबाट हिड्नुको दुई दिन अघि मात्र उनका श्रीमान घर्ति घर आएका थिए । त्यसको पनि तिन दिन अघि उनै श्रीमतिले घरमा परपुरुष संग लसपस  गरेको आरोपमा उनकी सासुले गाउँवासी गुहारेकी थिईन् । श्रीमतिको त्यस्तो यौन चर्तिकलाको खवर पाएर घर आएका घर्तिलाई श्रीमतिले ४ लाख रुपैयाँ तम्घासको बैंकमा राखेकी छु झिकेर आउँछु भनेर आईतवार विहानै घरबाट हिडेको तर तम्घास पुगे पछि सम्पर्क विहिन भएको उनले बताए ।

तिन वर्ष अघि वावु आमा संग छुट्टाएर बेग्लै घर बनाएर राखेकी उनकी श्रीमतिले पाँच दिन अघि  गाउँवासीको नजरमा अपरिचीत युवालाई घरमा ल्याएर राखेको र उनकी सासुले आशंका गरी चियो गर्दा अर्धनग्न अवस्थामा बुहारी र पलङ्गमुनी लुकेर वसेको अवस्थामा निज युवालाई फेला पारको  उनकी सासुको आरोप छ  । 

भारतमा कमाएको न पैसा भयो न श्रीमति 

उनका श्रीमानको पिडा यस्तो छ –‘वाल्यपन देखि मजदुरी गर्न भारतका विभिन्न शहरमा पुगेको थिएँ ।  गाडी चलाउन थालेको करिव २३ वर्ष भयो । करिव १९ लाख श्रीमतिबाट अहिले सम्म  हिनाविना भएको छ । चार लाख केहि समय अघि पठाएको थिएँ । त्यो पैसा खोई भन्दा बैंकमाछ झिकेर आउँछु भनेर हिडिन् ।  घरका भैसी बाख्रा बेचिएको छ । दुई तोला सुन, अन्य जिन्सी र महत्वपुर्ण कागज पत्र पनि लगेर हिडेकी छन् ।

तिन वर्ष अघि सम्म बुढो घरमै बस्थीन र कुनै शंका लाग्दो ब्यबहार पाएको थिईन । जव घर देखि माथी एक्लो ठाउँमा घर बनाएर राखे तव देखि श्रीमतिको खर्च र रवाफ बढ्दै गयो । दशैमा आएर गएको थिएँ  । त्यो श्रीमति संग बस्यो भनिएको केटा को हो रु गाउँवासीले चिन्दैनन । तम्घासबाट गाडी चढेर हिडे भन्ने सुईको पाएको छु । उसको खुशीका लागि वावु आमाको मन दुखाएर भए पछि छुट्टाएँ , अहिले न श्रीमति न पैसो भएँ । 

पुम्पुरोमा हात लगाउँदै र सुस्केरा फेर्दै घर्तिले भने हामी जस्ता मुग्लानीको पसिनाको मोल उसले नबुझे पनि अरु महिलाले बुझी देउन भन्ने कामना गर्दछु ।  वालवच्चको विचल्ली र घरको विल्लीफाँट देखेर चिन्तामा डुबेका घर्तिलाई भित्र पसेर चुलो जलाउने जाँगर छैन् । 

अरु भन्दा पनि ति दुधेवालकको आमा खोजाईको रोदनले त्यहाँ पुग्ने धैरैले आँशु बगाउँछन् । कस्तो बैश होला त्यस्तो दुधेवालक पनि छोडेर हिड्ने भन्दै ति महिलाको सत्तोसराप गर्नेहरु पनि छन् । 

ति महिला संग भने टेलिफोन सम्पर्क हुन सकेन् । घर्तिले खोजतलासका लागि ईस्मा प्रहरी चौकीमा उजुरी दिएको र गाउँ प्रमुख लक्ष्मण बिष्ट संग पनि गुनासो पोखेको बताए । 

 स्मरण रहोस  गुल्मीमा बिदेशमा रहेका कतिपय पुरुषका श्रीमतिहरु यसरी परिवारको सल्लाह विना घर छाडेर हिड्ने  र एकादुई वर्ष पछि फर्केर आई श्रीमान संग अंशको दावी गर्ने गरेका केहि घटना  रहेको अधिवक्ताहरु बताउँछन् ।  उनिहरुका अनुसार यस्ता विषयमा पुरुषका लागि कानुन कम्जोर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली