३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण भुमिका खेलेको एमाले जिल्ला सचिव बोगटीको भनाई

१३ भाद्र २०७२, आईतवार ००:३२

कमल रावल, भदौ १३, अछाम / नेकपा एमालेका जिल्ला सचिव यज्ञ बोगटीले जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ । जिल्ला विकास समिति, क्षेत्रीय कार्यालय तथा राष्ट्रिय योजना आयोग मार्फत जिल्लाको विकासका लागि विभिन्न योजना बिनियोजन र त्यसको कार्यान्वयनको लागि अग्रणी भूमिका खेलीरहेको बताउनु भयो । नेकपा एमाले मंगलसैन नगरकमिटि वडा नम्बर ६ को अगुवा कार्यकर्ता भेलामा प्रम्ख अतिथिको आशनबाट बोल्दै एमाले जिल्ला सचिव बोगटीले जिल्लाको सन्तुलित विकासको लागि पार्टीले भूमिका खेलिरहेको र स्थानीयले पनि विकासमा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । वडा कमिटि अध्यक्ष तोरण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यकर्ता भेलामा सचिव बोगटीले यो क्षेत्र जिल्ला सदरमुकाम संग नजिक रहेको कारणले यहाँ सञ्चालित विकास निर्माण प्रभावकारी रुपमा अघि बढाउनु पर्ने र स्थानीय पनि सक्रिय भएमा विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । अहिले देश संविधान निर्माणको क्रममा अघि बढीरहेको तर विभिन्न जात जाति र समुदायले जातिय द्धन्द निम्त्याउने कार्य गरिरहेको भन्दै यसमा सबैले सचेत रहनुपर्ने उहाँको भनाई छ । संविधान निर्माण पछि हुने स्थानीय चुनावमा एमालेलाई बहुमत दिलाउन सबै कार्यकर्ता एकजुट हुनुपर्ने र एमालेले जनताको भलाई हुने कार्य गर्ने विगतका क्रियाकलापबाट प्रमाणित भैसकेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै एमाले संगठन विभाग प्रमुख पदम बोहराले जनताले तिरेको करबाट गाउँमा आउने विकासका योजनामा कसैले अनियमितता गरेमा सबै मिलेर नंग्याउनुपर्ने बताउनु भयो । केही गाउँमा सञ्चालित केही योजनाको सामाजिक लेखापरिक्षण नभएको र रकम योजना अनुसार खर्च नभएको कार्यकर्ताको गुनासोमा नेता बोहराले यसो भएमा त्यस्तालाई छोड्न नहुनेमा जोड दिनुभयो । एमाले जनताको पार्टी भएको भन्दै जनताका हरेक सवालमा पार्टीले आवाज उठाई नीति निर्माण गर्ने कार्य गरिरहेको उहाँको भनाई छ । एमालेले सबै कार्यकर्ताको शिर ठाडो पार्ने काम गरेको दाबी गर्नुभयो । एमाले सिद्धान्त र विचारमा चल्ने पार्टी भएको भन्दै सबै कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सदस्य गंगा कामी, क्षेत्रीय सदस्य टंकप्रसाद भण्डारी, भावना विक, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नर बहादुर रावल, जिल्ला सदस्य मनिराज भण्डारी, एमाले मंगलसैन नगर कमिटि सचिव चन्द्रप्रसाद भण्डारी, प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारी, सेती अञ्चल सदस्य राजेन्द्र कुवँर, पूर्व गाउँ कमिटि सचिव कुलानन्द भण्डारी, अनेरास्ववियु जिल्ला सचिव देविराम जैसी, वडा नम्बर ७ का वडा कमिटि अध्यक्ष कालुसिंह कामी, पूर्व गाउँ कमिटि अध्यक्ष राजेश्वर भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको विभिन्न पार्टी परित्याग गरी ३ जना प्रवेश गरेका थिए । कार्यक्रमको संचालन बेदप्रसाद भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ