2026-10-14 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एकल महीलाका लागी सरकारले रोजगारको व्यवस्था गर्नुपर्नेमा महीलाहरुले माग

कमल रावल/भदौ १४, अछाम । साक्षर एकल महीलाका लागी सरकारले रोजगारको व्यवस्था गर्नुपर्ने अछामका एकल महीलाले माग गरेका छन ।

अधीकांश एकल महीलाको जीवीकोपार्जनमा समस्या भईरहेको भन्दै उनीहरुले शीक्षीत र साक्षर महीलालाई उनीहरुको क्षमता र योग्यता अनुसारको रोजगारीको व्यवस्था सरकारले नै गर्नुपर्ने माग गरेका हुन ।

क्रियाशील पत्रकार महीला (डब्लुडब्लुजे) अछामले आज मंगलसेनमा गरेको जिल्लामा एकल महीलाहरुको अवस्थाका बारेमा गरेको सन्डेक्लबमा उपस्थित अधीकांश एकल महीलाहरुले सरकारले विशेष अधीकार सहित एकल महीलाहरुलाई रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका हुन ।

क्रियाशील पत्रकार महीला (डब्लुडब्लुजे) अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षता तथा मानव अधीकारका लागी जिल्ला एकल महीला समुह अछामका अध्यक्ष मथुरा जैगडीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा उनीहरुले समाजमा अझैपनी एकल महीलालाई हेर्ने दृष्टीकोणमा परीवर्तन हुन नसकेको भन्दै आफुहरुको सम्मान पुर्वक बाच्न पाउने अधीकार सुनीश्चीत हुनुपर्ने माग गरेका छन ।

यस्तै सरकारले जिल्लामा महीलाको लागी विनीयोजन गर्ने बजेटमा एकल महीलाहरुको पहुँच नभएको उनीहरुले बताएका छन । प्रत्येक वर्ष महीलाहरुको लागी जिल्लामा आउने बजेटको केही प्रतीशत रकम एकल महीलाहरुको विकासका लागी पाउनु पर्ने भएपनी त्यो रकम अन्यत्र खर्च गर्ने गरेको भन्दै गुनासो पोखेका छन ।

नारी चेतना केन्द्र अछामका अध्यक्ष मना भण्डारी विशिष्ट अतीथी रहनु भएको कार्यक्रममा एकल महीला समुह अछामका पदाधीकारी, स्थानीय एकल महीला, डब्लुडब्लुजे अछामका सम्पुर्ण पदाधीकारीको उपस्थिती रहेको थीयो । कोषाध्यक्ष मेनुका ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विद्युत्मा रैकाले गर्नुभएको थीयो भने उपाध्यक्ष सर्मिला धरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश