2026-08-29 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

कमल रावल/भदौ १४, अछाम । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल अछामको आर्थिक सहयोग तथा पीसबीन अछाम द्धारा संञ्चालीत शिक्षा परियोजना अन्र्तगत गावीस स्तरिय बार्षिक समिक्षा कार्यक्रम पुर्बि क्षेत्रका ३ वटा गाबिस चाल्सा, विनायक र तोली गावीसमा सम्पन्न भएको छ ।

संस्थाबाट सन २०१४ अक्टोम्बर देखी २०१५ सेक्टेम्बर सम्म १ वर्षको अवधिमा संञ्चालन गरिएका क्रियाकलापको समिक्षा गरिएको हो । कार्य क्षेत्रका बालबालीकाको आधारभुत तहको गुणस्तरिय शिक्षामा समान र सहज रुपमा सहयोग पुरयाउने उदेश्यले ३ वटै गावीसमा कार्यक्रम बाल मैत्री शिक्षण सिकाइ बातावरणको सृजना भएको, बिद्यार्थीहरुको बिद्यालयमा नियमीत उपस्थीती दरमा बृद्धी भएको पाईएको छ ।

कार्यक्रमबाट चाल्सा गाबिसका एक सय ७९ जना छात्र, एकसय ७१ जना छात्रा,एकसय ५९ बयस्क महिला,र एक सय ५६ जना पुरुष गरि ६ सय ६५ जना र तोलिका ७ सय ७७ छात्रा, ७ सय २९ छात्र गरि १५ सय ६ वयस्क महिला १ सय ५२, पुरुष १ सय ९३ गरि ३ सय ४५ जना लाभाम्वित भएका छन ।

कार्यक्रम मार्फत बाल बालीकाको क्षमतामा अभीबृद्धी भएको, विद्यालयमा नियमित उपस्थिती दरमा वृद्धि भएको पाइएको छ । कार्यक्रममा सहभागि सबै गाबिस स्तरिय विद्यालय ब्याबस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, वाल विकास केन्द्रका सहजकर्ता, गाबिस स्थित राजनितिक दलका प्रतिनिधीले १ बषको अवधिमा आफनो गाबिसमा निकै शिक्षा सुधार आएकाले आगामि दिनमा अझै प्रभावकारी बनाउदै लैजानु पर्नेमा जोड दिएका थिए ।

बार्षिक समिक्षा कार्यक्रमको सहजिकरण पिसविन अछामका कार्यक्रम अधिकृत दिलिप बोहरा, वल्र्डभिजन ईन्टरनेशल नेपाल अछामका बिकास अधिकृत दुर्गा थापा, विकास सहायक जानकी न्यौपाने, विश्व राना, रेडियो रामारोशनका कमल रावल, पिसविन अछामका फिल्ड सुपरभाईजर देवानन्द खतिवडा, जगत बोहरा, चम्फा कडायत र प्राविधिक यम रावतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो