2026-08-29 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

लुग्राको वडा नम्बर ८ छाउपडि गोठ मुक्त वडा घोषणा

कमल रावल, भदौ १६, अछाम / लुग्रा गाबिसको वडा नम्बर ८ लाई एक कार्यक्रमका बिच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । वडाका ६४ घरधुरिका महिनावारी हुने समुहका महिला तथा किशोरि सुरक्षित तरिकाले घरमै बस्न थालेपछि गाबिसको तेस्रो वडाको घोषणा गरिएको हो । छाउपडि वडा निगरानि समितीका संयोजक टिका पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी ईञ्चार्ज विष्णु बहादुर बम प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती बलमे छाउपडि गोठमा बस्नाले महिलालाई विभिन्न खालका रोगहरु लाग्ने र वालवालिकालाई समेत पोषिलो खाना नदिनाले कुपोषण बढदै गईरहेको बताउनु भयो ।

घोषणा गरेर मात्र नभई यसलाई कार्यान्वयन तिर सबै एकजुट हुनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपालि काग्रेसका झकर बहादुर खडका, नेकपा एमालेका दल बहादुर खडका, ऐमाओवादिका लाल बहादुर खडका, रेडियो रामारोशनका विक्रम परियार, दयापिपल तोला माविका प्रअ प्रेम बहादुर खडका, गाबिस प्रतिनिधी वसन्ती गिरि, देवकन्या प्राविका प्रअ दान बहादुर खडका, सेवक नेपालका नृप साउद, वाल संरक्षण समितीका पुर्ण बहादुर खडका, गाबिस स्तरिय निगरानि समितीका उप संयोजक धिराजन खडका, समाजसेवि प्रभुनाथ पाण्डे, दलित प्रतिनिधि किथ्थे विक, महिला निर्मला पाण्डे, वाल क्लबका जयराज पाण्डे लगाएतले शुभकामना मन्तव्य राखेका थिए । काशिराम पाण्डेको स्वागत मन्तन्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन देव प्रसाद पाण्डेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो