2026-08-29 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

५ दिने बहुकक्षा शिक्षण शिक्षक तालिमको मगलसेनमा उदघाटन गरियो

unnamed (2)

कमल रावल/भदौ १६, अछाम । बहुकक्षा शिक्षण शिक्षक सम्बन्धी ५ दिने तालिमको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

पिसविन अछामको आयोजना, जिल्ला शिक्षा कार्यालय अछामको समन्वय र साझेदार संस्था वल्र्ड भिजन ईन्टरनेशनल नेपाल अछामको सहयोगमा सञ्चालित शिक्षा परियोजना अन्तरगत सुरु भएको तालिमको अछामका निमित्त जिल्ला शिक्षा अधिकारी हरिदत्त जोशिले उदघाटन गर्नु भएको हो ।

पिसविन अछाम शाखाका अध्यक्ष धिरेन्द्र रावलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी जोशिले अछाम जिल्लाका थुप्रै विद्यालयमा सिकाई उपलब्धि दर निकै कम रहेकाले यस्ता तालिमले शिक्षकको क्षमता अभिबृद्धि बढने भएकाले सिकाई उपलब्धि दर बढाउन तर्फ शिक्षकहरु अग्रसर हुने पर्नेमा जोड दिनु भएको थियो ।

जिल्लामा शिक्षकको पद पुर्ति निकै कम भएकाले बहृकक्षा शिक्षण तालिमको आवश्यकता भएको बताउनु भयो । कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल अछामका एलपिए म्यानेजर ज्योति चपाँईले तालिममा सिकेका कुरा लागु गर्न कञ्जुसाई नगर्न शिक्षकलाई अनुरोध गर्नु भएको थियो ।

तालिममा सिकेका कुराहरु कार्यान्वयन गर्न आगामि दिनमा के कस्ता अप्ठयारा आईपर्छन ति सबै आफनो सस्थालाई सुझावका रुपमा दिन पनि उहाँले शिक्षकलाई अग्राह गर्नु भयो । उदघाटनमा बहुकक्षा शिक्षण मार्फत बाल मैत्रि तथा गुणस्तरिय शिक्षाको लागि प्रभावकारी शिक्षण तयार गर्नु लक्ष्य रहेको तालिमको उद्देश्य पिसविन अछामका परियोजना संयोजक तपेन्द्र ओलिले जानकारी गराउनु भएको थियो ।

उदघाटन कार्यक्रममा रेडियो रामारोशनका कार्यक्रम संयोजक कमल रावल, वल्र्ड भिजनका शिक्षा अधिकृत पर्शुराम कार्की, विकास अधिकृत दुर्गाथापा, जानकी न्यौपाने, पिसविनका फिल्ड सुपरभाईजर गणेश रेग्मी, मिठ्ठु हुडके, भ्वान सिह सार्की लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन पिसविन अछामका परियोजना अधिकृत दिलिप बोहराले गर्नु भएको थियो । भदौ २० गते सम्म चल्ने तालिममा पिसविन पुर्वि कार्यक्षेत्रका ७ गाबिसका २२ जना प्रावि तहका शिक्षकको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो