2026-08-29 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मि सम्मानित

unnamed

कमल रावल/भदौ २९, अछाम । अछाम जिल्लामा एक बर्षको अवधिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मि सम्मानित भएका छन् ।

स्वास्थ्यको काम गरिने विभिन्न सुचकका आधारमा जिल्ला भरि नै राम्रो काम गर्ने ३ स्वास्थ्य चौकी सम्मानित भएका छन ।

यस बर्ष विभिन्न सुचकहरुमा उत्कृष्ट नतिजा ९२ प्रतिशत अंक प्राप्त गर्न सफल बारला स्वास्थ्य चौकी, ८२ दशमलव ५ प्रतिशत अंक प्राप्त गर्न सफल हिच्मा स्वास्थ्य चौकी दोस्रो, ७९ प्रतिशत अंक प्राप्त गर्न सफल सान्तडा स्वास्थ्य चौकी तेस्रो र ७७ प्रतिशत अंक प्राप्त गर्न सफल पुल्लेतोला स्वास्थ्य चौकी चौथो भएका छन ।

जिल्लाका ७४ स्वास्थ्य चौकी र २ प्राथमिक स्वास्थ्य केन्द्र गरि १ देखि ४२ स्थानमा परेका छन । यस वर्ष नाडा स्वास्थ्य चौकी, गाज्रा, ढुगाचाल्ना र वारला पुछारमा परेका छन ।

गत आर्थिक बर्ष २०७१÷ं७२ को वार्षिक प्रगति तथा ०७२÷०७३ का लागि कार्ययोजना निर्माण गरिएको ४ दिने समिक्षा गोष्ठिको क्रममा यो नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्लामा उत्कृष्ट काम गर्ने पुल्लेतोलाका शैलेन्द्र यादव, जयगढका सविता केसि, कमलबजारका भुमिनन्द ढुगाना र कालिकाका मिन बहादुर चन्द भएका छन ।

यस्तै जिल्ला स्तरमा राम्रो गरेवापत जिल्ला अस्पतालका सिनियर अनमि निरिक्षक गंगा बुढामगर, एआर टि वितरक प्रबेश भण्डारी, डाक्टर केशव भटराई, वयालपाटा अस्पतालका डाक्टर बिकास गौचन, जेआईजेटका उमा पाठक सम्मानित भएका छन ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अथिती क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक पर्शुराम श्रेष्ठ तथा जिल्ला स्वास्थ्य अछामका प्रमुख डाक्टर शरदचन्द्र बरालले अभिनन्दन सहित सम्मान पत्र प्रदान गरेका थिए ।

यस्तै जिल्लाको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन सहयोग गर्ने गैरसरकारी सस्था र सुचना, समाचार र सन्देश प्रशारण योगदान गर्ने जिल्ला स्थित छापा तथा इलेक्टोनिक सबै सञ्चार माध्यमलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो