2026-08-29 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ओलिगाउलाई छाउपडि गोठमुक्त वडा घोषणा गरियो

कमल रावल/ भदौ ३० अछाम ।  मँगलसेन नगरपालिको वडा नम्बर ८ र ९ साबिकको ओलिगाउ गाबिसलाई छाउपडि गोठमुक्त वडा घोषणा गरिएको छ । ओलिगाउँका महिनावारि हुने समुहका सबै महिला, किशोरि सबै सुरक्षित तरिकाले घरमै बस्न थालेपछि छाउपडि गोठमुक्त वडा घोषणा गरिएको हो । वडा सचिव सत्य बोहराको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा वालवालिका कार्यालय अछामका प्रमुख गोमा प्रसाई प्रमुख अथिती रहनु भएको थियो ।

कार्यक्रममा पुर्व जिल्ला बिकास समिती सदस्य पदम रावल, लालि देवि रावल, नेपालि काग्रेसका नगर सभापति झपट रावल, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा मालेका जिल्ला कमिटी सदस्य जोगि ढोलि, स्वास्थ्य चौकीका अनमि रामेश्वरी रावल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । घोषणा कार्यक्रममा सहभागि सबै बक्ताले घोषणा गरेर मात्र नभई यसको कार्यान्वयन गर्न सके मात्र उपलब्धि हुने बताएका थिए । अछामका थुप्रै गाबिस घोषणा भएपनि अझै कार्यान्वयनमा आउन नसेको भन्दै कतै ओलिगाउमा पनि शँका गर्ने ठाउ नराख्न आग्रह गरेका थिए ।

कुनै सँघ सस्थाले आफनो वार्षिक कार्ययोजना अन्तर्गत घोषणा गर्ने भएकाले आगामि दिनमा यसको पुर्णताका लागि स्वयम गाउले आफै अग्रसर हुनु पर्ने सहभागि बक्ताले बताएका थिए । करिब १ बर्ष अघि सबै सरोकारवाला, राजिनितिज्ञ लगाएतले आफनो ठाउँलाई गोठमुक्त घोषणा गर्नका लागि संकल्प लिएर अघि बढे सगै आज अभियान सफल भएको बताईएको छ । कार्यक्रममा सहभागि सबै महिलाहरुले सकल्प सहति वाचन गरिएको प्रतिबद्धतामा ऐकेबद्धता जनाउदै सुरक्षित तरिकाले घरमै बस्ने प्रतिबद्धता जनाएका छन । घोषणा गर्नलाई सफल पार्नका लागि सहयोग गर्ने सबै राजिनितिज्ञ, सरोकारवाला, विद्यालय, सँघ सस्थालाई दोसल्ला, प्रमाणपत्र सहीत सम्मान गरिएको थियो । गिता रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्मला रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो