४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ओलिगाउलाई छाउपडि गोठमुक्त वडा घोषणा गरियो

३० भाद्र २०७२, बुधबार १३:१७

कमल रावल/ भदौ ३० अछाम ।  मँगलसेन नगरपालिको वडा नम्बर ८ र ९ साबिकको ओलिगाउ गाबिसलाई छाउपडि गोठमुक्त वडा घोषणा गरिएको छ । ओलिगाउँका महिनावारि हुने समुहका सबै महिला, किशोरि सबै सुरक्षित तरिकाले घरमै बस्न थालेपछि छाउपडि गोठमुक्त वडा घोषणा गरिएको हो । वडा सचिव सत्य बोहराको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा वालवालिका कार्यालय अछामका प्रमुख गोमा प्रसाई प्रमुख अथिती रहनु भएको थियो ।

कार्यक्रममा पुर्व जिल्ला बिकास समिती सदस्य पदम रावल, लालि देवि रावल, नेपालि काग्रेसका नगर सभापति झपट रावल, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा मालेका जिल्ला कमिटी सदस्य जोगि ढोलि, स्वास्थ्य चौकीका अनमि रामेश्वरी रावल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । घोषणा कार्यक्रममा सहभागि सबै बक्ताले घोषणा गरेर मात्र नभई यसको कार्यान्वयन गर्न सके मात्र उपलब्धि हुने बताएका थिए । अछामका थुप्रै गाबिस घोषणा भएपनि अझै कार्यान्वयनमा आउन नसेको भन्दै कतै ओलिगाउमा पनि शँका गर्ने ठाउ नराख्न आग्रह गरेका थिए ।

कुनै सँघ सस्थाले आफनो वार्षिक कार्ययोजना अन्तर्गत घोषणा गर्ने भएकाले आगामि दिनमा यसको पुर्णताका लागि स्वयम गाउले आफै अग्रसर हुनु पर्ने सहभागि बक्ताले बताएका थिए । करिब १ बर्ष अघि सबै सरोकारवाला, राजिनितिज्ञ लगाएतले आफनो ठाउँलाई गोठमुक्त घोषणा गर्नका लागि संकल्प लिएर अघि बढे सगै आज अभियान सफल भएको बताईएको छ । कार्यक्रममा सहभागि सबै महिलाहरुले सकल्प सहति वाचन गरिएको प्रतिबद्धतामा ऐकेबद्धता जनाउदै सुरक्षित तरिकाले घरमै बस्ने प्रतिबद्धता जनाएका छन । घोषणा गर्नलाई सफल पार्नका लागि सहयोग गर्ने सबै राजिनितिज्ञ, सरोकारवाला, विद्यालय, सँघ सस्थालाई दोसल्ला, प्रमाणपत्र सहीत सम्मान गरिएको थियो । गिता रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्मला रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्दार मः म ग्यास विस्फोटमा थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो जलनमा परेका विष्णु र धनराजलाई भेट्न कीर्तिपुर पुगे राष्ट्रपति पौडेल आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै