2026-08-29 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्राविधिक विषय पढाउनका लागि मगला नेरा उमावि अनुमति पाउन सफल

कमल रावल/अछाम २१, असोज । केहि दिन अघि प्राविधिक विषय पढाउन सिटिभिटि बाट सम्बन्धन पाउन सफल मँगला नेरा उच्च मावि ओलिगाउले उच्च माध्यामिक शिक्षा परिषदबाट अनुमति पाउन सफल भएको छ ।

achham news

प्राविधिक विषय लिई माध्यामिक तह उत्तीर्ण गरेका विद्यार्थीलाई पढाउन सरकारले गएको हप्ता मात्रै देशभरका ६२ ओटा उच्च माध्यामिक विद्यालयलाई छनौट गरिसकेपछि पुनह १५ दिनपछि विद्यालयको भौतिक, आर्थिक र दुर्गम क्षेत्रका विद्यार्थिको पिाडालाई हेरेर उच्च माध्यामिक शिक्षा परिषदले आज मात्र अनुमति दिएको काठमाण्डौँ रहेर विद्यालयलाई प्राबिधिक बनाउन पहल गरेका अनेरा स्वीयुका केन्द्रिय सचिवाल सदस्य भिम बहादुर रावलले बताउनु भयो ।

उच्च माध्यामिक शिक्षा परिषदका अनुसार कक्षा ९ देखि नै विद्यालयमा प्राबिधिक धारमा अध्ययनरत विद्यार्थिले उच्च मावि तहमा सस्तो तथा सुलभ खर्चमा अब पढन पाउने उहाँले बताउनु भयो । पहिले नै देशका ६२ विद्यालयले अनुमति पाईसके पनि आफुहरुको नियमति पहल पछि अनुमति पाएको बताईएको छ ।

अब गरिखाने शिक्षा हुनुपर्छ भन्ने २०६७ सालको ओलिगाउको हायज्ञको लक्ष्य रहेको थियो त्यो पुरा भएको रावलले बताउनु भयो । त्यसका लागि परिषदले कम्तीमा २० जना र बढीमा ४० जना मात्र पढाउन पाउने गरि अनुमति दिएको छ ।

२०७० साल बाट कक्षा ९ देखि नै लागु हुने गरि शिभिल ईञ्जीनियरिग कक्षा सञ्चालन गर्दै विद्यालयले ३ बर्षे डिप्लोमा ईञ्जीनियरिग कोर्षका लागि असोज ३ गते नै सिटिभिटि बाट अनुमति पाईसकेको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो ।

जसका लागि असोज २४ गते सम्म आबेदन फाराम लगिने र २८ गते परिक्षा हुने उहाँले बताउनु भयो । माध्यामिक तहमा सिभिल इन्जिनियरिङको पढाई हुँदै आएको मँगला नेरा उच्च माविमा ११ र १२ समेत त्यही विषयमा अध्यापन गरिने विद्यालय ब्यावस्थापन समिती अध्यक्ष मिन बहादुर रावलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो