२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जातिय भेदभाव बिरुद्धको ऐन आएपछि अछाममा पहिलो पटक मुद्धा दर्ता

२५ कार्तिक २०७२, बुधबार ०६:२५

केशव भुल । कात्तिक २५, अछाम । अछाममा जातिय भेदभाव बिरुद्धको ऐन आएपछिको पहिलो मुद्धा दर्ता भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ६ निवासी बिर्ख बिकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातिय छुवाछुत बिरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछाममा पहिलो पटक जातिय भेदभाव बिरुद्धको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक डिएसपी दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातिय भेदभाव बिरुद्धको मुद्धा पहिलो पटक दर्ता भएको जानकारी दिनुभयो । यद्यपी दोषी अझै पक्राउ नपरेको उहाँले बताउनुभयो । पिडीत बिकका अनुसार आफुलाई भण्डारीले परम्परागत रुपमा आफ्नो घरको काम गर्नु पर्ने भन्दै दवाव दिने गर्दैआएका छन् । बाबु बाजेले गर्दै आएको आरन व्यवसाय गर्नु पर्ने, काठ दाउरा लगायत घरको काम गर्नु पर्ने भन्दै उनले निरन्तर दवाव दिने गरेकाले अन्याय सहन नसकि बिकले प्रहरीमा ऐन आएपछिको.उजुरी दिएका हुन् ।

जातिय भेदभाव बिरुद्धको ऐन आई सक्दा पनि अझै दलितहरु कथित उपल्लो जातका ब्राम्हणहरुबाट हेपिनुपरेको बताउँदै उहाँले आफु एक सचेत नागरिक भएर पनि यस्तो पीडा खेप्नु परेको गुनासो गर्नुभयो । आफुलाई बाबु बाजेले गर्दै आएको काम तिमीले पनि गर्नु पर्छ होईन भने यहाँ बस्न पाउँदैनौ भन्दै पिडकले बारम्बार धम्काउने गरेको पनि उहाले बताउनुभयो । लामो समय देखिको संघर्ष पछि मात्र आफु मुद्धा दर्ता गर्न सफल भएको बिकले बताउनुभयो । उहाँको मुद्धा अधिबक्ता खड्क खड्काले हेर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग