प्रेम सुनार/साउन ३१, गुल्मी । केहि दिन अघि गैह्र दलितबाट एकजना दलित कुटिएको समाचार सेलाउन नपाउँदै फेरी गुल्मीको त्यसै मुसिकोट नगरपालिकामा अर्का एक जना दलितलाई पनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ३१, गुल्मी । केहि दिन अघि गैह्र दलितबाट एकजना दलित कुटिएको समाचार सेलाउन नपाउँदै फेरी गुल्मीको त्यसै मुसिकोट नगरपालिकामा अर्का एक जना दलितलाई पनि "/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी पनि गुल्मीमा गैह्र दलितबाटै कुटिए दलित

२०७४, ३१ श्रावण मंगलवार १६:५९


प्रेम सुनार/साउन ३१, गुल्मी । केहि दिन अघि गैह्र दलितबाट एकजना दलित कुटिएको समाचार सेलाउन नपाउँदै फेरी गुल्मीको त्यसै मुसिकोट नगरपालिकामा अर्का एक जना दलितलाई पनि ग्रैह दलित समुदायका युवाले निर्घात कुटपिट गरेका छन् । 

मुसिकोट नगरपालिका वडा नम्वर ३ मैदान देविस्थानका ६२ वर्षिय गोरे टोमटालाई सोही वडा, मैदान निवासी अन्दाजी ४० वर्षिय पशुपति घिमिरेले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका हुन् ।

घाईते बिकको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकी प्रभास पाल्पा रिफर गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ता रहेका घिमिरेले टोमटाको घर माथीको जमिनमा काभ्रो बेर्ना लगाएको विषयमा टोमटाले भने –‘मेरा विन्ती छ साहेव, त्यहाँ त्यो बिरुवा त्यहाँ  नलगादिनुस् मेरो घर पहिरोको जोखिममा पर्छ भनेर दुई हात जोडेर जम्लेहात गरेका थिएँ ।’  

टोमटा थप्छन–‘ मैले दुइ हात जोडेर हे साहेव त्यसो नगरी दिनुहोस् भन्दै जम्लेहात गरेको थिएँ उहाँले म क्षेत्रीको छोरा संग तँ दलित मुखमुखै लाग्ने तँ करेटो को होस् ? 

पख् तँलाई भन्दै हिडन् भयो म साँझपख सामान किन्नका लागि पसलमा गएको थिएँ, दुई जना व्यक्ति हामी पुलिस हौं भन्दै आएर मेरो दुई हातमा छोपी लछार पछार गरी नजिकको खोल्सामा लिएर गए । लगत्तै पशुपति आएर  टाउँकोमा ढुङ्गै ढुङ्गाले कुटेर अब म¥यो छाड्औं भन्ने सम्म थाह पाउँछु त्यस पछि केहि थाह पाईन् ।  

उनी हिजो साँझ देखि बेबत्ता भए पछि विहान सिङ्गो गाउँ खोज्दै गर्दा मैदान लतको खोल्सामा फ्ेला पारेका थिए बेखची टोमटालाई तम्घासका समाज सेवीहरुले अहिले साँझ चन्दा उठाएर उपचारका लागि पाल्पा पठाउँदै छन् । 

कुटिएका टोमटाको आर्थिक अवस्था कम्जोर रहेको र उनि कुटिएर उपचार गर्ने पैसा नभएको जानकारी आफुले पाए पनि कुटपिट घटनाको कारण  बृस्तृत बारे आफुले बुझ्दै गरेको मुसिकोट ३ का वडाध्यक्ष कर्णध्वज जिसीले बताए ।

एउटै छिमेकमा रहेका टोमाटालाई त्यसरी कुटियो भन्ने सुन्दा आफुलाई दुख लागेको वडाध्क्ष जिसीको धारणा रहेको छ । 

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी महेन्द्र नेपाल संग सम्पर्क राख्दा उनले उक्त कुटपिट बिरुद्ध उजुरी परेको , घाईतेलाई थप उपचारका लागि पाल्पा पठाउँदै गरेको र कुटपिट आरोपीलाई मातहतको प्रहरी चौकीलाई नियन्त्रणमा लिन लगाएको बताए । कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गरिएको पिडित पक्षले जानकारी दिए  । 

स्मरण रहोस एक महिना अघि साविकको त्यसै बडागाउँगाविस र हालको मुसिकोट ४ मा फेरी एमाले कार्यकर्ता कृष्ण कार्की र उनकी आमाले शोभा कार्कीले खाएको भाँडा नमाझेको भन्दै स्थानिय दलित कर्णबहादुर नेपालीलाई मरणशन्य अवस्थामा कुटेका थिए । 

उनिहरु आमा छोरालाई जिल्ला अदालतले जनही ५० हजारका दरले धरौटीमा छाडेको केहि दिन बित्न नपाउँदै अर्का दलित फेरी कांग्रेसजनबाट  यसरी कुटिएका छन् । 

साविकको बडागाउँ र मुसिकोट गाविसमा अहिले पनि दलित समुदायका बृद्ध बृद्धा र समाजका अगुवालाई समेत ग्रैह दलितका वालकले समेत तपाई,हजुर भनेर सम्वोधन गरिदैनन् ।

हेपेर बोल्ने र बढि मुखा लागे यसरी नै कुट्नुलाई सामन्य ठानिदै आएको छ । यसै विच त्यसै मुसिकोट ४ मा अभिवाकले शिक्षकलाई निर्घात कुटिएको समाचार पनि प्राप्त भएको छ । 

दिगामचौर प्राविका शिक्षक बिक्रम लिम्वुलाई सोही विद्यँलयका अभिभावक  एवं कांग्रेस कार्यकर्ता  राजेन्द्र राना कुमालले कुटपिट गरेको र उनको तम्घास अस्पतालमा उपचार हुँदैछ । उनि गुल्मीमा एक मात्र लिम्वु समुदायका शिक्षक हुन् । 

पुर्वबाट ५० वर्ष अघि गुल्मी आएका उनका पिताले यस जिल्लाका पहिलो लिम्वु समुदायका रुपमा घरबास बसाएका छन् । बाहिरबाट आएर शिक्षकको जागिर ओगटेको भन्दै यस अघि पनि धम्की दिने गरेको र बाटोमा हिडिरहेको बेला आफुलाई एक्कासी कुटपिट गरेको शिक्षक लिम्वुको आरोप छ । 

उता आरोपित राना कुमालले भने आफु पनि उनिबाट कुटिएको जिकिर गरेका छन् । उता दलित कुट्ने घिमिरे संग भने सम्पर्क हुन सकेन ।


  तस्वीरः निर्घात कुटिएका गोरे टोमटा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ