2026-10-14 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा ११ जना अ.हे.व.लाई गाविस स्तरका स्वास्थ्य संस्थाहरुमा पदस्थापन

कमल रावल, पौष २७, अछाम / जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना अ.हे.व.लाई गाविस स्तरका स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरेको छ । लोकसेवा आयोग, सुदुरपश्चिमांचल क्षेत्रीय निर्देशनालयबाट सिफारिस भएर आएका ११ जना अ.हे.व हरुलाई दुर्गम भेगका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि जिल्लाका दुर्गम स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताउनु भयो ।

हालै मात्र लोकसेवाको परीक्षा पास भएर आएका जनशक्तिलाई सैद्दान्तिक ज्ञानहरु हुने भएतापनि स्वास्थ्य संस्थामा गएर कसरी काम गर्ने भन्ने बारेमा ३ दिनको तालिम दिईसकेपछि दुर्गम क्षेत्रका स्वास्थ्य सस्थामा पठाईएको उहाको भनाई छ । उहाँहरुलाई लयाटी, बुढाकोट, तुर्माखाद, भैरवस्थान, रानीवन, शेरा, नाडा, मेल्लेख, चाल्सा र धमाली गाविसका स्वास्थ्य चौकीमा पदस्थापन गरिएको बताईएको छ । साथै विगत २ बर्षदेखि जिल्ला अस्पताल अछाममा करारमा कार्यरत ए.आर.टी काउन्सिलर पनि लोकसेवाको सिफारिसमा परेकोले १ जनालाई जिल्ला अस्पतालमा पदस्थापन गरिएको छ ।

गाविसका स्वास्थ्य चौकीहरुमा हेल्थ असिटेन्ड र अ.हे.व हरु स्वास्थ्यका मुख्य जनशक्ति हुने भएको हुदा ११ जनाको युवा जमातले अबका दिनमा पदस्थापन भएका स्वास्थ्य संस्थाहरुमा केही परिवर्तन ल्याउने आशा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । क्षेत्रिय बाट नै सिफारिस भएर आएपनि जिल्ला ३ दिन थप तालिम लिईसकेपछि अब आफुलाई काम गर्न सजिलो भएको पदस्थापना भएर आएका अहेब अ.हे.व वासु देव चौधरीले बताउनु भयो ।

सम्पूर्ण उपस्वास्थ्य चौकीहरु स्वास्थ्य चौकीमा परिणत भइसकेको र दरबन्दी पनि स्वीकृत भइसकेकाले अझै जिल्लामा ६० जना जति हेल्थ असिस्टेन्ट र लगभग त्यति नै संख्यामा अ.हे.व र अनमीको आवश्यकता रहेको अधिकृत अधिकारीको भनाई रहेको छ । बाकी रिक्त कर्मचारीका लागि लोकसेवा आयोगमा माग आकृति फारम भरेर पठाइसकिएको र अर्को आर्थिक बर्ष सम्म पदपुर्ति भईसक्ने उहाँको विश्वास रहेको छ । केहि दिन अघि मात्रै जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना अनमीहरुलाई पदस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश