2026-10-14 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला बचतको उदघाटन समारोह सम्पन्न 

कमल रावल, माघ ८ अछाम । नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवरले गाउँ समाज परिवर्तनको लागि सहकारीको आवश्यकता रहेको बताउनु भएको छ । जिल्ला बचत तथा ऋण सँहकारी संघ लिमिटेड अछामको १५ औँ बार्षिक साधारण सभाको उदघाटन समारोहमा प्रमुख अथितीको आशन बाट बोल्दै कुवरले सहकारीको बिकासका लागि सहकारीका सबै शेयर सदस्य ईमान्दार बन्नु पर्नेमा जोड दिनु भयो ।

हाम्रो देशमा अधिकाश नागरिक गरिब, अशिक्षित रहेकाले सहकारी मार्फत उनिहरुलाई माथि उठाउनु पर्ने बताउनु भयो । जिल्लामा जति सहकारी छन सबैले राम्रा काम गर्दै गएमा अन्य लघुवित्त बैकको जिल्लामा आवश्यक नरहने बताउनु भएको थियो । सहकारीको अपरिहार्यता, ईमान्दारिता, र पारदर्शिता भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा जिल्ला सहकारी सँघका जिल्ला सचिव अमर न्यौपाने बिशिष्ट अथिती रहनु भएको थियो । जिल्ला अध्यक्ष नवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका अमृता बुढा, नेकपा एमालेका भिम जनाला, जिल्ला शिक्षा अधिकारी सुरेश कुमार जोशि, पत्रकार महासँघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, गैसस महासघ अछामका उपाध्यक्ष जनक बटाला, सबै सहकारीको तर्फ बाट कैलाश बचत तथा ऋण सहकारीका उदयराज ढुगाना लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सहकारीको बार्षिक प्रगति विवरण अध्यक्ष देवकोटाले प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष राम बहादुर चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव मोति बहादुर थापाले गर्नु भएको थियो । हाल जिल्ला सहकारीमा जिल्ला भरिका ४५ सहकारी आबद्ध रहेका छन । सँघको बन्द सत्रले आगामि ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ । अहिले बन्द सत्र जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश